arrow

डिसीसीएमसीलाई २२ लाख बढीका स्वास्थ्य सामग्री हस्तान्तरण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १७ सोमबार
dmcc-doti.JPG

डोटी । जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) लाई स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तर गरिएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गैर सरकारी संस्थाहरूले २२ लाख ६४ हजार ७ सय २८ रुपैयाँ बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

वर्ल्ड भिजन इन्टरनेस्नलको सहयोगमा जिल्ला स्थित सामुदायिक विकास केन्द्र (सिडिसी) लगायतका साझेदार संस्थाहरूले सामग्री उपलब्ध गराएका हुन् । स्वास्थ्य सामग्री आइतबार सिडिसीका उपाध्यक्ष सुनिल घर्ती र वर्ल्ड भिजनका प्रतिनिधि गांगी बलायरले प्रमुख जिल्ला अधिकारी सुनिल खनाललाई हस्तान्तरण गरेका हुन् ।

संस्थाले ४६ लिटरका ७० वटा अक्सिजन सिलिन्डर, ७० थान पल्सअक्सो मिटर, ७० थान थर्मल गन, ५ लिटर सेनिेटाइजर, ५ हजार मास्क, पिपिई सेट लगायतका स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गरिएको सिडिसीका अध्यक्ष हेमराज जोशीले बताए ।

कोभिड नियन्त्रणका लागि सहज होस् र सङ्क्रमितले अक्सिजन अभावका कारण ज्यान गुमाउन नपरोस् भनेर डिसीसीएमसी मार्फत उक्त सामग्री हस्तान्तरण गरिएको वर्ल्ड भिजनका प्रतिनिधि बलायरले बताए ।

डिसीसीएमसीका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुनिल खनालले महामारी नियन्त्रणका लागि गैर सरकारी संस्थाहरूले अतुलनीय योगदान दिँदै आएको बताए । उनले भने ,'प्राप्त स्वास्थ्य सामग्रीले फ्रण्ट लाइनमा खटिने कोरोना लडाकुहरूलाई सुरक्षित भएर काम गर्न र बिरामीको उपचारमा सहज हुने छ। सहयोगी संस्थाहरूलाई धन्यवाद ज्ञापन गरे ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ