arrow

जिल्ला मै पहिलो कोरोना संक्रमितको मृत्यु 

logo
युद्धबहादुर मल्ल,
प्रकाशित २०७८ जेठ १८ मंगलबार
mugu-hospital-1620300796.JPG

मुगु । जिल्ला मै पहिलो चोटि कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा कार्यालय मुगुका सूचना अधिकारी परशुराम नेपाली अनुसार छायाँनाथ रारा नगरपालिका वडा नं १० स्थायी ठेगाना भएका एक जना ज्येष्ठ नागरिकको कोरोना संक्रमणबाट जिल्ला मै पहिलो मङ्गलवार मृत्यु भएको हो ।

मृत्यु भएका ७० वर्षीय ज्येष्ठ नागरिकलाई एक हप्ता अघि ज्वरो,आउने,शरीर दुख्ने,खान मन नलाग्ने र शरीर गल्दै गए पनि जिल्ला अस्पतालमा नल्याएर गाउँघर मै जडीबुटीको औषधी गदै आए पनि मङ्गलवार श्वास फेर्न असहज भएर अवस्था जटिल बन्दै गएपछि उपचारका लागी जिल्ला अस्पतालमा ल्याउँदै गर्दा बाटो मै मृत्यु भएको पनि र मृत्यु पश्चात् जिल्ला अस्पतालको टोली एन्टिजिन परीक्षण गर्दा पोजेटिभ रिपोट आएको थियो ।

वैशाख दोस्रो साताबाट जिल्लामा कोरोना संक्रमितहरू देखिन थाले पनि आजसम्म जिल्लामा कुनै संक्रमितको मृत्यु भएको थिएन । 

जिल्ला प्रशासन कार्यालय मुगुले मङ्गलवार दिउसो २ बजेसम्मको जिल्लाको कोभिड १९ दोस्रो लहर संक्रमणको अवस्था बारे जारी गरेको दैनिक प्रतिवेदनमा मङ्गलवारको परीक्षणमा थपिएका ५ जना संक्रमित सहित मुगु जिल्लामा कोरोना संक्रमितको सङ्ख्या २९४ जना पुगेको छ ।

 यस्तै पिसिआर परीक्षण १८ जना,एन्टिजिन परीक्षण १४७७ जना,पिसिआर पोजेटिभ ६ जना,जिल्ला बाहिर उपचारका लागी रिफर सङ्ख्या २ जना,संस्थागत आइसोलेसनमा १५ जना,होम आइसोलेसनमा १३० जना,निको भएको सङ्ख्या १४६ जना, हाल होम आइसोलेसन र संस्थागत आइसोलेसनमा रहेको कोरोना संक्रमितको सङ्ख्या १४५ जना रहेको र मृत्यु सङ्ख्या १ रहेको उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ