arrow

आफ्नै खर्चमा भेन्टिलेटर सहित स्वास्थ्य सामाग्री लिएर रसुवा पुगे सांसद मोहन आचार्य

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २० बिहिबार
mohan-acharya-mp-congress1623313921.jpg

रसुवा । जिल्लामा कोरोना सङ्क्रमण बढेसँगै जटिल प्रकृतिका बिरामीहरू देखिन थाले पछि उपचारका लागि बाहिरी जिल्ला जान नपरोस् भन्दै व्यक्तिगत खर्चमा रसुवाका समाजसेवी एवं प्रतिनिधि सभा सदस्य मोहन आचार्यले रसुवाका दुई अस्पताललाई भेन्टिलेटर सहितका स्वास्थ्य सामाग्री लिएर रसुवा पुगेका छन् ।
 
उनले भेन्टिलेटर सहितका स्वास्थ्य सामाग्री खरिद गरी जिल्लाका दुई अस्पतालमा प्रयोग हुने गरी लिएर गएका हुन् । करिब १६ लाख मूल्य बराबरको स्वास्थ्य सामाग्री आज जिल्ला प्रशासन कार्यालय रसुवामा एक कार्यक्रमको आयोजना गरी जिल्ला स्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद ढकाललाई हस्तान्तरण गरेका छन् ।

No description available.

जिल्लाका नागरिकहरूको उपचारमा सहजता होस भन्ने उद्देश्यले जन प्रतिनिधिको नाताले आफूले उक्त सामाग्री खरिद गरी जिल्लालाई उपलब्ध गराएको प्रतिनिधि सभा सदस्य मोहन आचार्यले बताए । प्राप्त सामाग्रीहरू आवश्यकताका आधारमा जिल्लाका अस्पतालहरूमा प्रयोग गरिने प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद ढकालकोले जानकारी दिए । 

त्यसै गरी प्रतिनिधिसभा सदस्य आचार्यले बिहीबार नै त्रिशूली अस्पताल नुवाकोटलाई पनि मिनी भेन्टिलेटर २ वटा, एबिजि ९ आइसियुमा प्रयोग हुने सामान एक वटा हस्तान्तरण गरेका छन् । गत वर्ष देखिएको कोरोनाको पहिलो लहरमा पनि आचार्यले व्यक्तिगत रूपमा जिल्लामा स्वास्थ्य सामाग्री प्रदान गर्नुका साथै जिल्लामा अग्रपंक्तिमा रहेका ५ सय ८ जनालाई निःशुल्क कोरोना बिमा, विपन्नलाई राहत वितरण लगायतका सहयोग गरेका थिए । 

No description available.

भेन्टिलेटर लगायतका अत्यावश्यक सुविधा नहुँदा जटिल प्रकृतिका बिरामीको उपचारका लागि जिल्ला बाहिर रेफर गर्नुपर्ने बाध्यता रहेको छ । रेफर भएकाहरूमा फोक्सोका निमोनिया, अक्सिजन मात्रा कम लगायतका समस्या देखिएको छ ।

 जिल्लामा पूर्ण प्रविधि नहुँदा कोरोनाका जटिल प्रकृतिका बिरामी नुवाकोट तथा काठमाडौँ रेफर हुनुपर्ने बाध्यता रहेको छ । अब जिल्लामै भेन्टिलेटर उपलब्ध भएसँगै जटिल प्रकृतिका बिरामीलाई तत्काल उपचारमा केही सहज हुने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ