arrow

बाबुको किरिया पुत्री बसेका दाहाल दम्पतीको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २१ शुक्रबार
kiriya-putree.jpeg

सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिका–५ च्याङरिङमा आगलागीमा परेर किरिया पुत्री बसेका दुई दम्पतीको मृत्यु भएको छ ।

 गए राति आगलागीमा परेर किरिया पुत्री बसेका ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ बर्सिया कमला भण्डारी दाहालको मृत्यु भएको वडा नं ५ का वडाध्यक्ष नेत्रप्रसाद दाहाल जानकारी दिए । 

सात दिनअघि बितेका ८४ वर्षीय बुबा कृष्णप्रसाद दाहालको काज किरियाका लागि बसेका दम्पतीको गए राति आफ्नै घरमा आगलागीमा परेर मृत्यु भएको हो ।

आगलागीमा परेर गम्भीर घाइते भएका राजेन्द्रबाबुको उपचारका लागि ओखर बोटे बजार ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको र उनकी श्रीमती कमलाको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ