arrow

डोटीमा चौथो पटक थपियो निषेधाज्ञा 

logo
प्रकाश बम,
प्रकाशित २०७८ जेठ २१ शुक्रबार
doti-cdo-office.PNG

डोटी । डोटीमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितको सङ्ख्या बढेसँगै स्थानीय प्रशासनले निषेधाज्ञाको समयावधि लम्ब्याएको छ। जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन समितिको बैठकको निर्णयबाट जिल्लामा चौथो पटक निषेधाज्ञा थपिएको हो।

जिल्लामा कोरोना भाइरस फैलिने क्रम बढेपछि यसको सम्भावित सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि कोभिड -१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश बनेको २०७८ को दफा ५ को उपदफा २ एवम् स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम जेठ १५ गते देखि २२ गतेसम्म तेस्रो पटक निषेधाज्ञा थपिएको हुँदा पुनः ज्येष्ठ २२ गते राती १२ देखी ज्येष्ठ ३१ राती १२ बजे सम्मका लागि चौथो पटक निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिए। 

प्रमुख जिल्ला अधिकारी सुनिल खनालले भने, ‘तेस्रो र चौथो पटक गरिएको निषेधाज्ञामा कडाइ गरिएकोले अति आवश्यक काम बाहेक घरबाट बाहिर निस्कन दिइने छैन ।’ 

प्रमुख जिल्ला अधिकारी खनालले थपे,तेस्रो र चौथो पटक थपिएको निषेधाज्ञामा कोभिड सम्बन्धी बनेको अध्यादेशको पूर्ण पालना नगरी बाधा अवरोध गरे एक वर्ष कैद अथवा पाँच लाख जरिवाना, अध्यादेशमा भएको मापदण्ड पालन नगरे छ महिना कैद अथवा तिन लाख जरिवाना , अध्यादेश बमोजिम दिएको आदेश पालन नगरे व्यक्तिको हकमा एक लाख र सङ्घ संस्थाको हकमा पाँच लाख जरिवाना गरिने छ। 

त्यस्तै मास्क नलगाई हिँडेमा एक पटकको सय रुपैयाँ र पटक पटक भेटिएमा पटकको सय रुपैयाँका दरले जरिवाना गरिने छ । बिना पास मोटरसाइकल चलाएमा पटककै पिच्छेको दुई हजार र चार पाङ्ग्रेको हकमा पटक पिच्छे पाँच हजार जरिवाना गरिने छ। अध्यादेश विपरीत काम गर्ने सङ्घ-संस्था र व्यवसायीलाई छ महिनासम्म बन्द गर्ने सम्मको निर्णय जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन समितिले गरेको छ।' 

निषेधाज्ञाको पूर्ण पालना नगरे जिल्ला कोभिड -१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश बनेको २०७८ र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कडा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी खनालले हाम्रा कुरालाई जानकारी दिए । जिल्लामा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण दर उच्च रहेका कारण सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञामा थपिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ।   

 नयाँ भेरियन्ट सहितको कोरोना सङ्क्रमण फैलिए देखि जिल्लामा हालसम्म दुई हजार २५ जनामा कोरोना पुष्टि भएको र अहिले दुई सय ९८ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालय डोटीका निमित्त प्रमुख उद्भव बहादुर ठगुन्नाले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ