arrow

विभेदले मुलुकको शान्ति, विकास र समृद्धिमा अवरोध : प्रदेश प्रमुख अहिराज

logo
निरञ्जन कुमार साह,
प्रकाशित २०७८ जेठ २१ शुक्रबार
province2-governer.jpg

जनकपुरधाम । प्रदेश नम्बर दुईका प्रदेश प्रमुख डाक्टर राजेश अहिराजले जातीय विभेद अन्त्यका लागि सक्रिय भएर लाग्न सम्पूर्णमा आग्रह गरेका छन् ।  विभेदले मुलुकको शान्ति, विकास र समृद्धिमा अवरोध पुग्ने भएकाले समाजमा विद्यमान विभेदकारी कुप्रथा अन्त्यका लागि सबै सरोकारवाला सक्रिय लाग्न प्रदेश प्रमुख अहिराजले आग्रह गरे ।
 
‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस’ अवसरमा प्रदेश प्रमुख अहिराजले जातीय विभेद तथा छुवाछूतमुक्त राष्ट्रमा विभेदकारी कुप्रथा हुन नहुनेमा जोड दिएका हुन् । प्रदेश प्रमुखद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'विसं २०६३ जेठ २१ गते नेपाल सरकारले जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा गरे अनुसार नेपालमा जातीय छुवाछूत, उत्पीडन र विभेदको अन्त्य गर्न राष्ट्रिय दलित आयोगलाई संवैधानिक अङ्गको मान्यता दिइएको छ र राज्यका सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागिता हुने कुरा संविधानको मौलिक हकले सुनिश्चित गरेको छ । हाम्रो विविध जातजाति र धर्म संस्कृतिबिचको एकता नै हाम्रो समाजको विशेषता हो भन्ने देखाएको छ । यही भावना र सोच हामीमा कायम भइरहोस् ।'

जातीय तथा अन्य छुवाछूत र भेदभाव कसुर र सजाय ऐन २०६८ संशोधन २०७५ र जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय नियमावली, २०७४ जस्ता कानुन निर्माण भई कार्यान्वयनमा गइसकेकाले जातीय तथा छुवाछूत विभेद नगर्न र यदि गरेको खण्डमा कसुरदारलाई कैद र जरिवानाको समेत व्यवस्था गरिएको उनले प्रस्ट्याएका छन्  ।

यसबाट दलित समुदायमाथि भएका विभेद र उत्पीडन क्रमशः अन्त्य हुने आधार निर्माण हुँदै गएको महसुस भएको जनाउँदै प्रदेश प्रमुख अहिराजले जातीय भेदभाव तथा छुवाछूत रहित समाज निर्माण गर्ने प्रेरणा सबैलाई मिल्ने विश्वास रहेको समेत प्रस्ट गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ