arrow

पानी मलाई माफ गर्दे

logo
डा.  लक्ष्मण अधिकारी,
प्रकाशित २०७८ जेठ २२ शनिबार
laxmun-adhikari.jpg
फाइल तस्बिर

नुवाएर तँ  सँगै मैलो पखाल्ने पनि मै हुँ
नित्य कर्मका फोहोर त सँगै बगाउने पनि मै हुँ 
तँलाई बेस्सरी पोल्ने गरि उमाल्ने पनि मै हुँ 
तँलाई  बेसार र मसलासँग घुलाइदिने पनि मै हुँ 
त्यसैले सक्छस् भने 
पानी, प्लिज मलाई माफ गर्दे ।

मोही, दही, र पन्चामृतमा मिसाउनु पर्ने तँलाई  
कोक, बियर र चिया बनाइदिने पनि मै हुँ 
रुखका जरा जरामा पुग्ने तँलाई 
रासायनिक मल र बिख मिसाइदिने पनि मै हुँ 
त्यसैले सक्छस् भने 
पानी, प्लिज मलाई माफ गर्दे ।

कल कल गर्दै हिमालदेखि सागरसम्म बग्थिस 
मैले ढल र नाला मिसाइदिए
थचक्क कुचुक्क कुक्रुक्क बामे सर्नु पर्ने बनाइदिए 
फोहोरका डङ्गुरहरूले थिचे 
त्यसैले सक्छस् भने 
पानी, प्लिज मलाई माफ गर्दे ।

मैले तेरो मुहानकै रुखहरू ढालेँ 
इनारमा लुक्या थिस् मोटर लाई लाई ताने 
जसरी नि तँलाई फोहोर पार्न जाने 
डर लाग्छ सन्ततिले पानी भनी के पिउलान् ? 
समुन्द्रमा बस्ने जन्तुहरू झन् कसरी जिउलान् 
त्यसैले सक्छस् भने 
पानी, प्लिज मलाई माफ गर्दे ।

प्रण गर्छु चाइने भन्दा एक थोपा बढी खर्चिदिन 
रुख रोप्छु सके जति कुवा पँधेरा पुर्दिन 
नुहाउँदा पनि अड्कल्छु पानी
नचाइने थोपा चुहाउँदै चुहाउन्न 
यद्यपि मैले तँ माथि गरिरहेका तमाम अन्यायका लागि  
पानी, प्लिज मलाई माफ गर्दे ।

(वातावरण दिवस २०२१ को उपलक्ष्यमा )



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ