- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
डोटी । डोटीका पहिलो अटो रिक्सा व्यवसायी भजन सिंह रावलको निधन भएको छ । जिल्लाको केआईसिंह गाउँपालिका– २सेलपाखा निवासी रावलको कोरोना सङ्क्रमणका कारण डडेलधुरा अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
वैशाख महिनाको अन्तिम साता तिर स्वास्थ्यमा समस्या देखिए पछि उनलाई जिल्ला अस्पताल डोटीमा भर्ना गरिएको थियो । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि डडेलधुरा अस्पतालमा भेन्टिलेटरमा उनको उपचार भइरहेको थियो ।
सुगरका बिरामी रावलमा कडा खालको निमोनिया, जण्डिस देखिए पछि उनको श्वास–प्रश्वासमा समस्या देखिएको अस्पतालले जनाएको छ । रावललाई बचाउन धेरै सहयोगी हातहरूले सहयोग समेत गरेका थिए । तर उनलाई बचाउन सकिएन उनका आफन्त टेक रावलले बताए । उनले भने', यो महामारीले धेरैको ज्यान गयो। देश यस्तो विपत्तिमा हुँदा पनि सरकार मन्त्री फेरबदलमा छ। अकालमा यसरी ज्यान गुमाउँदा समेत सरकार कान तेल हालेर बसिरहे अब सरकारका विरुद्ध आवाज उठाउन जरुरी छ।'
उपचारका क्रममा उनको शुक्रवार राती ११ बजेको समयमा निधन भएको थियो । मृतक रावलको शनिवार दिपायल स्थित सेती बासुधारा क्षेत्रमा पर्ने आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
२०७५ सालमा दिपायलमा अटो रिक्सा भित्र्याउने पहिलो व्यवसायी रावल भागेश्वर अटो रिक्सा प्रालीका संस्थापक अध्यक्ष हुन् । हाल प्रा.ली.मा २२ वटा रिक्सा दर्ता भई सञ्चालनमा रहेकाछन् ।