arrow

मुलरले दुई वर्षपछि गोल गर्दा यसरी जित्यो जर्मनी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २५ मंगलबार
germany-football.JPG

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा जर्मनीले फराकिलो जित हात पार्न सफल भएको छ । सोमबार राति भएको खेलमा जर्मनीले लात्भियालाई ७–१ गोल अन्तरले हराएको हो ।

जर्मनीका लागि थोमस मुलरले स्मरणीय गोल गरे । उनले झण्डै दुई वर्षपछि अन्तर्राष्ट्रिय गोल गरेका हुन् । युरो कप फुटबलको तयारी स्वरुप खेलिएको खेलमा जर्मनीले फराकिलो जित निकालेको हो ।

इल्के गुडोसनले दुई तथा मुलरसँगै रोविन गोसेन्स, सर्ज ग्याब्री र लरे सानेले १–१ गोल गरे । जर्मनीले एक गोल आत्मघाती उपहार पाएको थियो । साभेल्जेभ्सले लात्भियाका लागि अन्तिममा गोल गरे । 

जर्मन प्रशिक्षक जोचिम लेउले युरोकपपछि टिम छाड्ने घोषणा गरिसकेका छन् । गत बुधबार भएको खेलमा जर्मनीले डेनमार्कसंग १–१ गोलको बराबरी खेलेको थियो । 



नयाँ