- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । मोरङको बिराटनगरका मुस्लिम युवाहरुले लामो समयसम्मको लकडाउनका कारण समस्यामा परेका बिपन्न परिवारलाई खाद्यान्नसहित स्वास्थ्य सुरक्षा सामाग्री घर घरमा पुर्याएका छन् ।
लकडाउनका कारण रोजगारी गुमाएका परिवारलाई नगद, खाद्यान्न चामल, दाल, तेल, नुनसहित दैनिक उपभोग्य सामाग्रि घर-घरमा पुर्याएको नेपाल यार्दिमेली इण्टर्नेस्नल हुमानेटरियन इण्ड एशोसियसनका अध्यक्ष इमरान खानले बताए ।
नेपाल यार्दिमेली इण्टर्नेस्नल हुमानेटरियन इण्ड एशोसियसन मार्फत बिराटनगरको हरिनगर गाउँपालिका घुस्किममा रहेका असहाय बालबालिकालाई उनीहरुले पाठ्यपुस्तक र कपीको जोहो गर्न नगद रुपैयाँसमेत बितरण गरेका हुन् । कम्पनीका प्रमुख डाक्टर जहिर आलमले कोही पनि भोकमरीको चपेटामा पर्न नपरोस भन्ने उद्देश्यले निरुन्तर रुपमा काम गरिरहेको बताए ।
निषेधाज्ञाका कारण बिराटनगरको दुर्गम क्षेत्रमा ज्याला मजदुरी गर्ने सर्वसाधरण भोकभोकै पर्ने अवस्था रहेको छ । दुर्गम क्षेत्र भएकाले स्थानीय तहलेसमेत ध्यान दिन नसकेको कारण मस्लिम युवाहरुले संयुक्त रुपमा अतिआवश्यक खाद्य सामाग्री घरदैलोमा वितरण गरेको अभियान्ता मोहम्मद कलामले जानकारी दिए ।
अति बिपन्न समूदायलाई उनीहरुले प्रति परिवार २५ केजी चामल, दाल, र आवश्यक नगदसमेत सहयोग गरेका छन् । जसले गर्दा केहि महिनाका लागि भएपनि यस क्षेत्रका सर्वसाधरणको भोकमरी टरेको छ ।