arrow

सगरमाथा हेल्थ फाउन्डेसनद्वारा स्वास्थ्य सामाग्री वितरण

logo
प्रकाश बम,
प्रकाशित २०७८ जेठ २६ बुधबार
doti-sahayog.JPG

डोटी । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी सगरमाथा हेल्थ फाउन्डेसनले डोटीमा स्वास्थ्य सामाग्रीहरू वितरण गरेको छ । फाउन्डेसनले जिल्ला अस्पताल, शिखर नगरपालिका र सायल गाउँपालिकालाई स्वास्थ्य सामाग्रीहरू वितरण गरेको हो ।

जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिका संयोजक एवं डोटीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालको समुपस्थितमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको फाउन्डेसनका संरक्षक एवं  संस्थापक अध्यक्ष प्रेम शङ्कर भट्टले हाम्रा कुरालाई जानकारी दिए।

उनले भने ,' कोरोना कहरले आक्रान्त भएको बेला स्वास्थ्य सामग्रीले थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले वितरण गरेका हौँ । संस्थाले विभिन्न व्यक्ति सहयोगी संस्थाको सहयोगमा  अक्सीपल्स मिटर, थर्मामिटर, पिपिई, मास्क, औषधी, ग्लोब्स्, फेससील्ड लगायतका स्वास्थ्य सामाग्री वितरण गरेका छौ। ' भट्टले थपे , डोटीका अन्य स्थानीय तहका लागी पनि आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरूका लागी पहल भइरहेको छ भने ।'

महामारीको समयमा स्वास्थ्य सामाग्रीले ठुलो सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी खनालले बताए ।  उनले भने ,'सहयोगी सामाजिक संस्थाहरूको आगामी दिनमा खाँचो  छ। अहिलेसम्म सहयोग गर्ने सबै सहयोगीहरूलाई धन्यवाद व्यक्त गरे।'

स्वास्थ्य सामग्री वितरणमा  शिखर नगर पालिकाका नगरप्रमुख सिताराम जोशी,  दिपायल सिलगढी नगर पालिकाका नगर प्रमुख मञ्जु मलासी,सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी ,जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट कृष्ण राज जोशी लगायतको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ