arrow

सम विकास केन्द्र डोटीद्वारा २० लाख बढीको स्वास्थ्य सामाग्री सहयोग 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २७ बिहिबार
samabikash-doti.JPG

डोटी । सम विकास केन्द्र 'ईडिसि' डोटी नामक गैरसरकारी संस्थाले चार वटा स्थानीय तहलाई २० लाख बढीको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।  डेनमार्कको गैर सरकारी संस्था डीसीए नेपालको आर्थिक सहयोगमा उक्त संस्थाले जिल्लाका पूर्वाचौकी गाउँपालिका, शिखर नगरपालिका, के.आइंसिंह गाउँपालिका र जोरायल गाउँपालिकालाई २० लाख ६५ हजार ८२९ मूल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको संस्थाका अध्यक्ष अधिराज बिसी बताए ।

उनले भने ',कोरोना कहरले डोटी पनि अति प्रभावित भएकोले हामीले   आइसोलेसन र होमआईलेशनमा बस्ने व्यक्तिहरूलाई राहत पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हौँ । '

कोभिडको १९ को दोस्रो लहरको महामारीले विश्व मानव जगतलाई आक्रान्त बनाइरहेको समयमा  चार वटा स्थानीय तहका स्वास्थ्य संस्थामा रहेको आइसोलेसन सेन्टर व्यवस्थापन, आइसोलेसनमा रहेका संक्रमित व्यक्तिहरूको सुरक्षा, स्वास्थ्य कर्मीहरूको सुरक्षा र होम आइसोलेसनमा रहेका दलित, महिला र सीमान्तकृत व्यक्तिहरूलाई लक्षित गरी आवश्यक स्वास्थ्य सरसफाइका सामाग्रीहरू वितरण गरी समुदायमा सङ्क्रमण नियन्त्रण गर्नमा सहयोग पुर्‍याउने उद्देश्यले ज्येष्ठ १९ गते देखि संस्थाले स्वास्थ्य सामग्री वितरणको अभियान थालेको संस्थाका सूचना तथा सञ्चार अधिकृत पदम मिजारले बताए ।

ज्येष्ठ १९ गते के.आईसिंह गाउँपालिका, ज्येष्ठ २० गते पूर्व चौकी गाउँपालिका, ज्येष्ठ २३ गते जोरायल गाउँपालिका र २६ गते शिखर नगरपालिकालाई ४० सेट मेडिकल बेड, ८० सेट पिपिई, २० थान पल्स अक्सोमिटर, ८ थान थर्मल गन, ४८ प्याकेटस (२४०० थान) सर्किजल मास्क, ४० प्याकेटस (२००० जोडा) ग्लोव्स, ५०० एमएलको ४८ बोतल हेण्ड सेनिटाईजर, २५६ थान हात धुने साबुन, २०० थान लुगा धुने साबुन, २०० थान टुथव्रस, २०० थान टुथपेस्ट, ८ थान बाल्टिन, ८ थान जग, २० बोतल हारपिक, २० प्याकेट ओडोनिल, ८ थान ट्वाइलेट ब्रस, ४ थान प्लास्टिक ड्रम ५०० लिटर, २० जोडा चप्पल, ८ थान विनष्ट, ४ सेट ईलेक्ट्रीक वाटर हिटर पालिकाका प्रमुखहरूलाई हस्तान्तरण गरिएको कार्यक्रम संयोजक महेश परियारले बताए ।

त्यस्तै कार्यक्रमका लक्षित समुदाय दलित, विपन्न, महिला तथा सीमान्तकृतलाई प्राथमिकतामा राख्दै चार वटै पालिका भित्र होम आइसोलेसनमा रहेका ११५२ घरधुरीलाई स्वास्थ्य तथा सरसफाइका लागि ११५२ प्याकेट (५७६०० थान) सर्किजल मास्क, ५०० एमएलको ११५२ बोतल हेण्ड सेनिटाईजर, ११५२ थान डिजिटल थर्मामिटर, २३०४ थान हात धुने साबुन, ११५२ प्याकेट सेनिटरी प्याड महिला स्वयंसेविका मार्फत  वितरण गर्ने गरी पालिकाका प्रमुख मार्फत स्वास्थ्य संस्थाका प्रमुखलाई हस्तान्तरण गरिएको संस्थाका वित्त अधिकृत कृष्ण सुन्दर श्रेष्ठले बताए । 

सहयोग सामाग्री हस्तान्तरणका क्रममा के.आई.सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर बहादुर शाहीले खुसी व्यक्त गर्दै विगत झैँ यस वर्षको विषम परिस्थितिमा पनि ईडीसी नेपालले आफ्नो पालिकालाई स्वास्थ्य सामाग्रीहरू उपलब्ध गराएर ठुलो सहयोग गरेका बताए । संस्थाले पालिकासँग सहकार्य, समन्वय गर्दै अगाडि बढिरहेकोमा शाहीले धन्यवाद समेत दिए । 

यसै गरी शिखर नगरपालिकाका नगरप्रमुख शिताराम जोशीले हस्तान्तरण गरिएका सामग्रीहरू बुझ्दै होम आइसोलेसनमा रहेका घरधुरीहरूलाई वडा वडामा रहेको स्वास्थ्य चौकी मार्फत स्वयंसेविकाहरू परिचालन गरी उक्त सामाग्री वितरण गरिने प्रतिबद्धता जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ