- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। प्रदेश २ मा पनि पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण दर घटेको छ। गत वैशाख ३१ देखि जेठ ६ गते ७ दिनको विवरण हेर्दा ४१ प्रतिशत रहेको सङ्क्रमण दर अहिले २५ प्रतिशतमा झरेको हो।
वैशाख ३१ देखि जेठ ६ गतेको सातामा प्रदेश २ मा ४१.०९ प्रतिशत सङ्क्रमण दर रहेको थियो । यो साता (३१ देखि जेठ ६ सम्म)मा ८ हजार ७ सय ७ जनाको कोरोना सङ्क्रमण परीक्षण गरिदा ३ हजार ५ सय ७८ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
त्यसपछि जेठ ७ गतेदेखि जेठ १३ गतेसम्मको सातामा सङ्क्रमण दर घटेर ३०.०६ प्रतिशतमा पुगेको थियो । यो अवधिमा १० हजार ६ सय ४२ जनाको नमुना जाँच गरिदा ३ हजार २ सय जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
तर, दुई साता अघि घटेको सङ्क्रमण यो गत साता भने केही बढेको देखिएको छ ।
गत साता अर्थात् जेठ १४ देखि जेठ २० गतेको अवधिमा प्रदेश २ मा १९.११ प्रतिशत सङ्क्रमण दर रहेको थियो । यो अवधिमा ९ हजार ७ सय १० जनाको नमुना परीक्षण गर्दा १ हजार ८ सय ५६ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
यस्तै यो साता अर्थात् जेठ २१ देखि जेठ २७ गतेसम्म आई पुग्दा प्रदेश २ मा संक्रमणदर २५.२६ प्रतिशत पुगेको छ । यो अवधिमा ६ हजार ७ सय ४८ जनाको नमुना परीक्षण गरिदा १ हजार ७ सय ५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
गत साता भन्दा बढेको देखिए पनि वैशाख अन्तिम साताको तुलनामा हालसम्म आई पुग्दा सङ्क्रमण घटेको देखिन्छ ।
यद्यपि, सङ्क्रमण दर ५ प्रतिशत भन्दा कममा झरेमा मात्रै सङ्क्रमण दर कम भएको मान्न सकिने र सहज अवस्थाको आङ्कलन गर्न सकिने विज्ञहरू बताउँछन्।