arrow

युरो फुटबल: पहिलो पटक खेल्दै फिनल्याण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २९ शनिबार
euro-2020.jpg

काठमाडौं। युरो फुटबलको १६ औं संस्करण (युरो २०२०) अन्तर्गत शनिवार थप दुई खेल हुनेछन्। पहिलो खेलमा इटलीले टर्कीलाई ३-० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको छ। वेल्सले स्विजर्याण्डको सामना गर्दैछ भने डेनमार्क र फिनल्याण्ड एक आपसमा भिड्दैछन्।

वेल्स-स्विजरल्याण्ड

पहिलो खेल नेपाली समय अनुसार १८:४५ बजे हुनेछ । उक्त खेलमा वेल्स र स्विजरल्याण्ड भिड्ने छन्। युरो फुटबलको पछिल्लो संस्करणमा सेमिफाइनल पुगेको वेल्स स्विजरल्याण्ड विरुद्ध बलियो टोली मानिएको छ। वेल्स २०१६को युरोमा पहिलो पटक छनौट भएको थियो।

वेल्स र स्विजरल्याण्ड कुनै पनि ठुलो प्रतियोगिता पहिलो पटक आमने-सामने हुँदै छन्। मैत्रीपूर्ण खेलहरू सहित अहिलेसम्म यी दुई टोली ७ पटक आमने-सामने भएका छन्। पाँच वटा खेल बराबरीमा सकिएको छ भने दुईमा वेल्स विजयी भएको छ। यी दुई टोली अन्तिम पटक सन् २०११मा भिडेका थिए।

वेल्सको दोस्रो पटक युरो फुटबल खेल्दै छ भने स्विजरल्याण्डको यो पाँचौं प्रवेश हो। स्विजरल्याण्ड सन् २०१६को संस्करणमा पहिलो पटक नकआउट चरण पुगेको थियो।

डेनमार्क-फिनल्याण्ड

पहिलो पटक युरो खेलिरहेको फिनल्याण्ड हेर्न लायकको टोली रहेको छ। छनोट चरणमा १० मध्य ६ खेल जितेको फिनल्याण्डले जितेका सबै खेलमा गोल खाएको थिएन। फिनल्याण्डका लागि टिमु पुक्की हेर्न लायक खेलाडी रहेका छन्। प्रिमियर लिगमा नर्विच सिटीका लागि खेलेका पुक्कीले सन् २०१९-२०को सत्रमा ११ गोल गरेका थिए। युरो फुटबल छनोट चरणमा पुक्कीले फिनल्याण्डका लागि १० गोल गरेका थिए।

सन् १९९२को विजेता डेनमार्क बलियो टोली मानिन्छ। डेनमार्कका लागि यसपटकको युरो नवौं सहभागिता रहेको छ। सन् १९९२मा उपाधि जितेपछि युरो फुटबल प्रतियोगिताहरूमा सन् २००४मा मात्र क्वार्टर फाइनल पुगेको थियो। छनोट चरणमा क्रिष्चियन एरिक्सनले डेनमार्कका लागि ५ गोल गरेका थिए।

यी दुई टोलीका बीच भएको २२ भेटमा फिनल्याण्डले १ पटक मात्र जीत हात पारेको छ। उक्त भेटमा १५ केल डेनमार्कले जितेको छ भने छ खेल बराबरीमा टुंगिएका छन्। फिनल्याण्डले डेनमार्क माथि पहिलो र अन्तिम जित सन् २०००मा हात पारेको थियो। दुई टोलीको भिडन्त शनिवार नेपाली समय अनुसार २१:४५ बजे हुनेछ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ