arrow

हेटौँडाकी उपमेयरको कोठामा गोप्य रुपमा कोरोनाको खोप !

logo
रविन्द्र गौतम,
प्रकाशित २०७८ जेठ २९ शनिबार
corona-vaccine-covid.jpg

हेटौँडा। सरकारले ६२ देखि ६४ वर्षसम्मका नागरिकलाई लगाउन भनेको कोरोना विरुद्धको खोप हेटौँडा उपमहानगरपालिकाकी उपमेयरको कार्यकक्षमा गोप्य रुपमा चिनजानको आधारमा लगाइरहेको भेटिएको छ ।शुक्रवार उपमेयर लामाको कक्षमा धमाधम खोपको कार्ड बनाउँदै खोप लगाइरहेको पाइएको हो । 

सरकारले ६२ देखि ६४ वर्षसम्मका नागरिकलाई लगाउन पठाएको खोपको हेटौंडा उपमहानगरपालिकाकै कार्यालयले दुरुपयोग गरेको भेटिएको छ ।यता उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले यस विषयमा कुरा गर्दा उपमेयरले भनेकाले खोप लगाइएको बताएका छन् ।

उपमेयर लामाले भने सो खोप कार्यक्रम बारे आफूलाई थाहा नभएको भन्ने प्रतिक्रिया दिँदै आफ्नो कार्यकक्ष जनताका लागि सधैँ खुल्ला रहने र त्यहाँ उपमहानगरपालिकाका कर्मचारी, जनप्रतिनिधिले खोप लगाएको बताइन् । उनले त्यसो बताए पनि २० वर्षदेखि ६० वर्ष उमेर समूहको विवरण भरेर खोप कार्डसहित खोप लगाएको भेटिएको छ ।

उता यसबारे स्वास्थ्य कार्यालय भने बेखबर छ । यस विषयमा स्वास्थ्य कार्यालय प्रमुख प्रणय कुमार उपाध्यायले केन्द्रमा माग गरिएको  १ सय ६० र पहिलो चरणमा प्राप्त भएको ४५ गरी २ सय ५ भाइल कोभिसिल्ड खोप मध्ये ५ भाइल खोप हेटौँडा उपमहानगरपालिकालाई पठाइएको जानकारी दिए ।उनले खोप लगाउने काम सम्बन्धित पालिकाको भएकाले कसलाई लगाउने कसलाई नलगाउने भन्ने कुरा पालिका आफैले निर्धारण गर्ने विषय भएकाले यसबारे जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ