arrow

युरो फुटबल: स्विजरल्याण्ड र वेल्सले अङ्क बाँडे

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २९ शनिबार
euro-2020.jpg

काठमाडौं। युरोकप फुटबलको १६औं संस्करण अन्तर्गत वेल्स र स्विजरल्याण्ड बीचको खेल १-१ गोलको बराबरीमा सकिएको छ। दुवै टोलीले १-१ अङ्क बटुल्न सफल भएका छन्। 

प्रतिस्पर्धात्मक खेलमा स्विजरल्याण्डले ४९औं मिनेटमा ब्रल एम्बोलोले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। उक्त अग्रता धेरै बेर टिक्न सकेन । खेलको ७४औं मिनेटमा किफर मुरले गोल गर्दै वेल्सलाई बराबरीमा ल्याएका थिए। 

खेलमा स्विजरल्याण्डले ६३ प्रतिशत बल आफ्नो पक्षमा राखेको थियो। त्यसैगरि स्विजरल्याण्डले १२ कर्नर पाएकोमा वेल्सले ४ कर्नर पाउन सफल भएको थियो। स्विजरल्यन्डले निरन्तर आक्रमण गर्दा पनि खेलमा थप गोल गर्न सकेन । वेल्सका गोलकिपरले राम्रो प्रदर्शन गर्दै धेरै बचाउ गरेका थिए। 

वेल्सको दोस्रो पटक युरो फुटबल खेल्दै छ भने स्विजरल्याण्डको यो पाँचौं प्रवेश हो। स्विजरल्याण्ड सन् २०१६को संस्करणमा पहिलो पटक नकआउट चरण पुगेको थियो। वेल्स २०१६को युरोमा पहिलो पटक छनौट भएको थियो। युरो फुटबलको पछिल्लो संस्करणमा सेमिफाइनल पुगेको वेल्स स्विजरल्याण्ड विरुद्ध बलियो टोली मानिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ