मैदानमा ढलेका एरिक्सनको स्वास्थ्य अवस्था स्थिर: युईएफए
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २९ शनिबार
806
Shares
तस्विर: सामाजिक संजाल
काठमाडौं। युरोकप फुटबलको १६औं संस्करण अन्तर्गत डेनमार्क र फिनल्याण्डको खेल स्थगित भएको छ। डेनमार्कका खेलाडी क्रिस्टियन एरिक्सन मैदानमा ढलेर बेहोस भएपछि युरोपियन फुटबल संघ (युईएफए)ले स्वास्थ्य आपत्काल भन्दै खेल स्थगित गरेको हो।
एरिक्सनलाई अस्पताल लगिएको छ र उनो स्वास्थ्य स्थिति स्थिर रहेको र थप उपचार सुरु भएको युईएफएले जनाएको छ। पहिलो हाफको अन्त्य तिर उनी मैदानमा ढलेका थिए। उनलाई ह्दयघात भएको आशङ्का गरिएको छ। २९ वर्षीय एरिक्सनको स्वास्थ्य लाभको कामना विश्वभरका फुटबल प्रशंसकहरूले गरिरहेका छन्।