arrow

लुकाकुको दुई गोलले बेल्जियमको शानदार शुरूआत 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३० आइतबार
euro-2020-belgium.jpg

काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबल (युरो–२०२०) मा विजयी शुरूआत गरेको छ । शनिबार राति भएको खेलमा रुसलाई ३–० गोल अन्तरले पराजित गर्दै बेल्जियमले उत्कृष्ट शुरूआत गरेको हो । 

सेन्ट पिटर्सवर्गमा  भएको खेलमा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकु चम्किएका थिए । उनले दुई गोल गरे ।  यस्तै थोमस मुनिएरले एक गोल गरे । 

एकतर्फी खेल खेलेको बेल्जियमका लागि दशौँ मिनेटमा लुकाकुले गोल गरे । ३४ औं मिनेटमा थोमसले गोल गर्दै बेल्जियमलाई २– को अग्रता दिलाए  । ८८ औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ३–० ले जिताए । 

जितसँगै बेल्जियमले युरोकपमा उत्कृष्ट शुरूआत गरेको छ । समूह बी मा बेल्जियम शीर्ष स्थानमा रहेको छ । बेल्जियमले उपाधि दावेदारीसमेत दिएको छ । 

समूहको अर्को खेलमा शनिबार राति नै फिनल्याण्डले डेनमार्कलाई १–० गोल अन्तरले हराएर दोस्रो स्थान ओगटेको छ । अंकविहीन डेकमार्क तेस्रो तथा हारसँगै रुस पुछारमा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ