arrow

युरो फुटबल: ईङल्याण्ड र क्रोएसियाबीचको खेलले विश्वकपको सम्झना गराउने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३० आइतबार
euro-2020.jpg

काठमाडौं। युरोकप फुटबलको १६औं संस्करण अन्तर्गत ईङल्याण्ड , नेदरल्याण्ड्स, क्रोएसिया, अष्ट्रिया र उत्तर मेसेडोनियाले आफ्नो पहिलो खेलहरू खेल्दै छन् । समूह 'डी'मा ईङल्यण्डले क्रोएसियाको सामना गर्दैछ भने समूह 'सी'मा अष्ट्रियाले उत्तरी मेसेडोनियाको सामना गर्नेछ भने नेदरल्याण्ड युक्रेनसँग भिड्नेछ।

ईङल्याण्ड-क्रोएसिया

ईङल्याण्ड र क्रोएसियो फुटबल भिडन्त भनेकी सन् २०१८को विश्वकपको सेमिफाइनल धेरैलाई सम्झना हुने गर्दछ। उक्त सेमिफाइनलमा क्रोएसियाले ईङल्याण्डलाई २-१ गोलले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो।

ठुला प्रतियोगिताहरूमा यी दुई टोली तेस्रो पटक भिड्दै छन्। सन् २००४को युरोमा इङल्याण्डले क्रोएसियालाई समूह चरणको खेलमा ४-२ गोल अन्तरले पराजित गरेको थियो। विश्वकप फुटबलमा क्रोएसियाले ईङल्याण्डलाई पराजित गरेको थियो।

ईङल्याण्डले वेम्बलीमा अहिलेसम्म नै पनि ठुला प्रतियोगिताका खेलहरू हारेको छैन। वेम्बलीमा ईङल्याण्डले ११ खेल खेलेकोमा ७ खेलमा जित हात पारेको छ भने ४ बराबरीमा टुङ्गिएका छन् (पेनाल्टीबाट निर्णय भएका खेलहरूलाई मानिएको छैन) । त्यस्तै अर्को रमाइलो पक्ष ईङल्याण्डले अहिलेसम्म युरो फुटबलको पहिलो खेल जितेको छैन।

क्रोएसियाको यो युरो छैटौँ हो भने लगातार पाँचौं। क्रोएसियाले प्रतियोगिताको ११ खेलहरूमा जम्मा दुई खेल मात्र हारेको छ । पेनाल्टी सुट आउटबाट भएका निर्णयलाई समावेश गरिएको छैन। सन् २०१२मा स्पेन र सन् २०१६मा पोर्चुगलसँग १-० गोल अन्तरले पराजित भएको हो।

ईङल्याण्ड यसपालि प्रतियोगिताको अन्तिम चारमा पुग्ने दाबेदार टोली मानिएको छ। गत विश्वकपको अन्तिम चारमा पुग्न सफल ईङल्याण्ड ठुला प्रतियोगिताहरूमा बलियो टोली मानिने गर्दछ। क्रोएसिया गत विश्वकपको फाइनलमा पुगेको टोली र युरोपका प्रतियोगिताहरूमा जहिल्यै राम्रो प्रदर्शन गर्ने टोलीका रूपमा परिचित रहेको छ। यी दुई टोलीको खेल नेपाली समय अनुसार आइतबार १८:४५मा हुँदै छ।

नेदरल्याण्ड-युक्रेन

ठुलो प्रतियोगिताहरूमा यी दुई टोली पहिलो पटक एक आपसमा भिड्दै छन्। दुई टोली बीच खेलिएको दुई मैत्रीपूर्ण खेलहरूमा नेदरल्याण्ड अपराजित रहेको छ। सन् २००८को खेलमा ३-०ले जितेको थियो भने सन् २०१०को खेलमा १-१को बराबरी भएको थियो।

नेदरल्याण्ड युरोपको राम्रो टोली मध्यमा पर्ने गर्दछ । अहिलेसम्म चार पटक सेमिफाइनल पुगिसकेको नेदरल्याण्ड सन् १९८८को बिजेता रहिसकेको छ। दुई पटक युरोमा सहभागी युक्रेनले ६ खेलमा ५ खेलमा पराजय भोगेको छ। यी दुई टोली नेपाली समय अनुसार सोमबार बिहान ००:४५ बजे हुनेछ।

अष्ट्रिया-उत्तर मेसोडोनिया

पहिलो ठुलो प्रतियोगिता खेलिरहेको उत्तरी मेसोडोनियाले आफ्नो पुरै शक्तिका साथ मैदानमा उत्रने निश्चित रहेको छ। दुई टोली बीच युरो २०२०को छनोट चरणमा दुई पटक भेट भएकोमा दुवै पटक अष्ट्रिया विजयी भएको छ।

अष्ट्रियाको पछिल्लो समयमा ठुला प्रतियोगिताहरू खासै राम्रो प्रदर्शनहरू रहेको छैन। सन् १९५४को विश्वकपमा तेस्रो स्थान हासिल गरेको अष्ट्रिया विश्वकप र युरोको पछिल्लो १५ खेलमा १ खेलमा मात्र विजयी भएको छ। बाँकी १४ खेलमा ९मा पराजय र ५मा बराबरी नतिजा निकालेको छ। यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार आइतबार २१:४५ बजे हुनेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ