arrow

युरो फुटबल: क्रोएसिया विरुद्ध ईङल्याण्ड विजयी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३० आइतबार
Euro-Eng-cro-2020.jpg

काठमाडौं। युरोकप फुटबलको १६औं संस्करण अन्तर्गत ईङल्याण्ड र क्रोएसियाबीचको खेलमा ईङल्याण्ड १-० गोल अन्तरले विजयी भएको छ। यो जितसँगै ईङल्याण्डले समूह 'डी'मा तीन अङ्क बटुल्न सफल भएको छ। 

खेलको ५७औं मिनेटमा रहिम स्टरलिङले गोल गर्दै ईङल्याण्डलाई अग्रता दिलाएका थिए। खेलमा थप गोल हुन नसकेपछि उक्त गोल नै निर्णायक साबित भएको थियो। ईङल्याण्डले केही राम्रा अवसरहरू गुमाउँदा थप गोल हुन सकेको थिएन। 

युरो फुटबलको समूह चरणको खेलमा पहिलो पटक जित हासिल गर्दै ईङल्याण्डले इतिहास बनाएको छ। ठुला प्रतियोगिताहरूमा यी दुई टोली तेस्रो पटक भिडेका हुन्। सन् २००४को युरोमा इङल्याण्डले क्रोएसियालाई समूह चरणको खेलमा ४-२ गोल अन्तरले पराजित गरेको थियो। विश्वकप फुटबलमा क्रोएसियाले इङल्याण्डलाई २-१ गोलले पराजित गरेको थियो। 

यो जितसँगै ईङल्याण्डले वेम्बली रङ्गशालामा अपराजित यात्रा कायमै राखेको छ। इङल्याण्डले वेम्बलीमा अहिलेसम्म कुनै पनि ठुला प्रतियोगिताका खेलहरू हारेको छैन। वेम्बलीमा इङल्याण्डले १२ खेल खेलेकोमा आठमा जित हात पारेको छ भने ४ बराबरीमा टुङ्गिएका छन्। टाई ब्रेकरबाट निर्णय भएका खेलहरूलाई जीत-हारमा राखिएको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ