arrow

युरोकपमा अष्ट्रियाको ऐतिहासिक जित, गोरान बने पाका गोलकर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३१ सोमबार
euro-2020-austria.jpg

काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबलमा अष्ट्रियाले कीर्तिमानी जित हासिल गरेको छ । अष्ट्रियाले युरोकपको इतिहासमा पहिलो सफलता हासिल गर्ने क्रममा नर्थ म्यासेडोनियालाई पराजित गरेको हो । 

आइतबार राति रोमानियाको बुचारिस्टमा नर्थ म्यासेडोनिया ३–१ गोल अन्तरले पराजित भयो । अष्ट्रियालाई कीर्तिमानी जित दिलाउने क्रममा स्टेफान लेनर, माइकल ग्रेगोरिट्स र मार्को आर्नोटोभिकले एक एक गोल गरे ।

म्यासेडोनियाका गोरान पाण्डेभले एक गोल फर्काए । यो गोलले पनि विशेष अर्थ राखेको छ । गोरान युरोकपमा गोल गर्ने पाका खेलाडी बनेका छन् । दोस्रो सर्वाधिक बढी उमेरका गोरान ३७ वर्ष २२१ दिनका भए । सोही दिनमै उनले गोल गरेका हुन् । म्यासेडोनियाको यो युरोकपमा गरेको पहिलो गोल समेत हो ।

यो जितसँगै अष्ट्रिया समूह सी को शीर्ष स्थानमा रहन समेत सफल भएको छ । यो समूहको अर्को खेलमा युक्रेन विरुद्ध नेदरल्यान्ड्सले रोमाञ्चक जित हासिल गरेको थियो । 

युक्रेन विरुद्ध नेदरल्यान्ड्सको रोमाञ्चक जित 

नेदरल्यान्ड्स समूहको दोस्रो स्थानमा रहेको छ । नेदरल्यान्ड्स दोस्रो, युक्रेन तेस्रो तथा म्यासेडोनिया चौथो स्थानमा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ