arrow

कोपा अमेरिकामा ब्राजिलको शानदार शुरूआत, नेयमार पेलेको कीर्तिमान नजिक  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३१ सोमबार
neymar-brazil.jpg

काठमाडौं । ब्राजिलले कोपा अमेरिका फुटबलमा विजयी शुरूआत गरेको छ । आयोजक ब्राजिलले उद्घाटन खेलमा भेनेजुएलालाई पराजित गरेको हो । आइतबार राति भएको  खेलमा भेनेजुएला ३–० गोल अन्तरले पराजित भयो । 

स्टाडियो नेसनल डी ब्रासिलियामा भएको खेलमा घरेलु टिमलाई जित दिलाउन मार्क्विन्होस, नेयमार र गाब्रियल बार्बोसाले एक एक गोल गरे ।

नेयमारले पेनाल्टीमार्फत गोल गरेका हुन् । देशका लागि नेयमारको यो ६७ औं गोल हो । नेयमारले पेलेको कीर्तिमान भंग गर्ने अपेक्षा गरिएको छ । नेयमार पेलेभन्दा १० गोलले पछि छन् ।

यस जितसँगै समूह बी मा रहेको ब्राजिलले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ । भेनेजुएला पुछारमा रहेको छ । 

कोलम्बिया भर्सेस इक्वेडर

यो समूहको अर्को खेलमा कोलम्बियाले इक्वेडरलाई पराजित गरेको छ । 

कोलम्बिया १–० गोल अन्तरले विजयी भयो । कोलम्बियाका लागि खेलको ४२ औं मिनेटमा एडविन कार्डोनाले निर्णायक गोल गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ