arrow

युरो फुटबल: खेलाडीहरुमा कोरोना सङ्क्रमण, प्रतियोगिता जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३१ सोमबार
euro-2020.jpg

काठमाडौं। युरोकप फुटबलको १६औं संस्करण अन्तर्गत सोमबार तीन खेलहरू हुनेछन्। स्कटल्याण्ड, चेक गणतन्त्र, पोल्याण्ड , स्लोभाकिया,स्पेन र स्विडेनले आफ्नो पहिलो खेल खेल्नेछन्। स्कटल्याण्डले चेक गणतन्त्रको सामना गर्ने छ भने पोल्याण्ड स्लोभाकियासँग खेल्नेछ। त्यसैगरि स्पेनले स्विडेनको सामना गर्नेछ।

विश्वभर कोरोना संक्रमणको बेलामा भएको प्रतियोगितामा कोरोनाको प्रभाव देखिन शुरु भएको छ। स्पेन, स्विडेन र स्कल्याण्डका खेलाडिहरुमा कोरोना संक्रमण देखिएको छ। संक्रमण देखिएका खेलाडीहरु आइसोलेसनमा बसेका छन्। 

स्पेन-स्विडेन

स्पेन र स्विडेनको खेल कोभिडले असर गर्ने भएको छ। स्पेनका कप्तान सर्जिओ बुस्केटलाई कोरोना सङ्क्रमण भएको छ । उनी आइसोलेसनमा बसेका छन्। त्यसैगरि स्विडेनका डेआन कुलुसेभ्स्की र मातीआस सानबर्ग पनि कोरोना सङ्क्रमित भएका छन्।

ठुला प्रतियोगिताहरूमा स्पेन र स्विडेनबीच यो चौथो भिडन्त हो। सन् २००८को युरो र १९७८को विश्वकपमा स्पेन विजयी भएको थियो भने सन् १९५०को विश्वकपमा स्विडेन विजयी भएको हो।

स्पेनको युरोमा ११औं सहभागिता रहेको छ। सन् २००८ र २०१२को विजेता स्पेन बलियो टोलीका रूपमा परिचित रहेको छ। स्विडेनले पछिल्ला तीन युरो प्रतियोगितामा नकआउट चरण पुग्न सकेको छैन। स्विडेनले १९९२को युरोमा सेमिफाइनल पुगेको थियो जुन उसको अहिलेसम्मकै राम्रो प्रदर्शन रहेको छ। यो खेल नेपाली समयअनुसार मङ्गलवार ००:४५मा शुरु हुनेछ।

स्कटल्याण्ड-चेक गणतन्त्र

सन् १९९८को विश्वकप पछि स्कटल्याण्डको यो पहिलो ठुलो प्रतियोगिता हो। मध्य क्रमका खेलाडी जोन फ्लेकलाई कोरोना सङ्क्रमण भएपछि उनी आइसोलेसनमा रहेका छन्। स्कटल्याण्डका लागि सन् १९९६ पछि यो पहिलो युरो प्रतियोगिता रहेको छ। स्कटल्याण्डले कहिल्यै पनि समूह चरण पार गरेको छैन।

चेक गणतन्त्र सन् १९९६ देखि लगातार युरोमा सहभागिता जनाइरहेको छ। पहिलो प्रतियोगितामै फाईनल पुगेको चेक टोली सन् २००४को युरोमा सेमिफाइनल पुगेको थियो।

स्कटल्याण्ड र चेक गणतन्त्रको खेल प्रतिस्पर्धात्मक हुने निश्चित रहेको छ। दुई टोलीको खेल नेपाली समय अनुसार सोमबार साँझ १८:४५ मा शुरु हुनेछ।

पोल्याण्ड-स्लोभाकिया
पोल्याण्डका लागि रोबर्ट लेवन्डोस्की हेर्न पर्ने खेलाडी हुन्। गोल गर्ने मसिन मानिएका लेवन्डोस्की माथि विश्वको आँखा हुनेछ। पोल्याण्डका लागि यो लगातार चौथो युरो प्रतियोगिता हो। स्लोभाकियाका लागि यो दोस्रो युरो हो।

दुई टोलीबीच पहिलो पटक कुनै पनि ठुलो प्रतियोगितामा भिडन्त हुँदै छ। यो खेल नेपाली समय अनुसार सोमबार २१:४५मा शुरु हुनेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ