arrow

युरो फुटबल: चेक गणतन्त्रद्वारा स्कटल्याण्ड पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३१ सोमबार
Euro-Scotland-chzech.jpg

काठमाडौं। युरोकप फुटबलको १६औं संस्करण अन्तर्गत सोमबार चेक गणतन्त्र र स्कटल्याण्डबीचको खेलमा चेक गणतन्त्र २-० गोल अन्तरले विजयी भएको छ। यो जितसँगै चेक गणतन्त्रले ३ अङ्क प्राप्त गरेको छ।

खेलको ४२औं र ५२औं मिनेटमा चेकका लागि प्याट्रिक सिकले २ गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरेका हुन्। स्कटल्याण्डले केही राम्रा आक्रमणहरू गरेको भए पनि चेक टोलीको रक्षापंक्तिले उक्त आक्रमणहरू निस्तेज पारेका थिए। चेक टोलीका गोलकिपरले केही उत्कृष्ट बचाउहरू गरेका थिए।

सिकले गरेको दोस्रो गोल युरो इतिहासमा सबैभन्दा टाढाबाट गरिएको गोलका रूपमा सूचीकृत भएको छ। उनले करिब ४५ मिटर टाढाबाट उक्त गोल गरेका थिए। स्कटल्याण्डका किपर अगाडि मौकाको सदुपयोग गर्दै सिकले उक्त गोल गरेका हुन्।

स्कटल्याण्डले करिब ५६ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको भए पनि गोल गर्न नसक्दा पराजित हुनुपरेको हो। दुवैतिरका गोलकिपरहरूले ५-५ बचाउ गरेका थिए। खेल प्रतिस्पर्धात्मक रहेको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ