arrow

युरोकपमा स्लोभाकियाको विजयी शुरूआत, पोल्याण्ड पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १ मंगलबार
euro-2020-slovakia.jpg

काठमाडौं । युरोकप फुटबलको १६ औं संस्करणमा स्लोभाकियाले विजयी शुरूआत गरेको छ । सोमबार राति भएको खेलामा पोल्याण्डलाई हराउँदै स्लोभाकियाले विजयी शुरूआत गरेको हो । 

१० खेलाडीमा समेटिएको पोल्याण्डलाई २–१ गोल अन्तरले पराजित भएको हो । रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा भएको खेलको १८ औं मिनेटमा पोल्याण्डका गोलकिपर वजचिएक सेचेज्नीको आत्मघाती गोलबाट स्लोभाकियाले अग्रता लिएको थियो । 

४६ औं मिनेटमा कारोल लिन्टीले गोल गर्दै पोल्याण्डलाई १–१ गोलको बराबरीमा फर्काए । ६२ औं मिनेटमा पोल्याण्ड १० खेलाडीमा समेटियो । 

मिडफिल्डर ग्रेगोर्ज क्रिचोवियकले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । त्यसको सात मिनेटपछि मिलान स्क्रिनरले गोल गर्दै स्लोभाकियालाई २–१ ले जिताए । 

यो जितसँगै समूह इ को स्लोभाकिया ३ अंकसहित शीर्ष स्थानमा रहन सफल भएको छ । यही समूहका स्पेन र स्वीडेनले गोलरहित बराबरी खेलेका थिए । पोल्याण्ड पुछारमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ