arrow

युरो फुटबल: 'ग्रुप अफ डेथ'का फरक दुई खेलमा युरो र विश्व विजेता भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १ मंगलबार
euro-2020.jpg

काठमाडौं। युरोकप फुटबलको १६औं संस्करण अन्तर्गत मङ्गलवार सन् २०१६को विजेता पोर्चुगलले हंगेरीको सामना गर्नेछ। समूह एफलाई 'ग्रुप अफ देथ' पनि मानिएको छ। यो समूहमा पोर्चुगल, हंगेरि सहित फ्रान्स र जर्मनी रहेका छन्। विश्व विजेता फ्रान्स र विश्व फुटबलमा बलियो टोली मानिने जर्मनी पनि भिड्दै छन्।

सन् २०१६को युरो प्रतियोगितामा पोर्चुगल, फ्रान्स र जर्मनी सेमिफाइनल पुगेका थिए । फाइनलमा पोर्चुगलले फ्रान्सलाई पराजित गर्दै उपाधि जितेको थियो। यो युरोमा तीन टोली एउटै समूहमा परेपछि यो समूहलाई 'ग्रुप अफ डेथ' भनिएको छ।

पोर्चुगल-हंगेरी

सन् २०१६को युरोमा पनि एउटै समूहमा रहेका यी दुई टोलीले उक्त समय ३-३ गोलको बराबरी गरेका थिए। तीनै पटक हंगेरीले अग्रता लिए पनि जित भने हात पार्न सकेको थिएन।

पोर्चुगलका लागि क्रिष्टियानो रोनाल्डो र पेपे अनुभवी खेलाडीका रूपमा रहेका छन्। २०१६ को विजेता पोर्चुगलले अनुभवी खेलाडीहरूका साथै प्रिमियर लिगमा खेलिरहेका ब्रुनो फर्नान्डेज, डिएगो जोटा, वरनान्डो सिल्भा , रुबेन डियास, रुबेन नेवेस जस्ता युवा एवं भरपर्दा खेलाडीहरू रहेका छन्। जोआओ क्यान्सिलो कोरोना सङ्क्रमणका करण टोलीबाट बाहिरिएका छन्।

यी दुई टोलीले अहिलेसम्म १३ खेल खेलिसकेका छन् जसमा ९ खेलमा पोर्चुगल विजयी भएको छ भने ४ खेल बराबरीमा टुङ्गिएका छन्। हंगेरीले सन् २०१६को युरोमा समूह चरणमा अपराजित रहेको थियो। एक खेलमा विजयी रहेको हंगेरीले दुई खेल बराबरीमा टुङ्गाएको थियो।

गत युरोको विजेता पोर्चुगलको यो आठौं सहभागिता हो। पोर्चुगल अहिलेसम्मको सबै सात प्रतियोगितामा दोस्रो चरण पुगेको छ। पोर्चुगल आफ्नो विजेताको उपाधि आफैसँग राख्न चाहन्छ। यो खेल नेपाली समय अनुसार मङ्गलवार २१:४५मा हुनेछ।

जर्मनी-फ्रान्स

तीन पटकको विजेता जर्मनी र दुई पटकको विजेता बीचको खेल रोमाञ्चक हुने निश्चित छ। यी दुई टोलीको खेल नकआउट चरणमा पहिले भएको भए पनि समूह चरणमा पहिलो पटक भिड्दै छन्। ठुला प्रतियोगिताहरूमा छैटौं पटक यी दुई टोली भिड्दै छन्। पाँच खेलमा दुवै टोलीले दुई-दुई पटक जित हात पारेका छन् भने एक खेल बराबरीमा टुङ्गिएको छ।

गत युरोको  सेमिफाइनलमा दुई टोली भिडेका थिए जसमा फ्रान्स २-० गोलले विजयी भएको थियो। फ्रान्सका लागि एन्टोनी ग्रिजम्यानले दुवै गोल गरेका थिए। जर्मनीमा खेलिएको पछिल्लो पाँच खेलमा फ्रान्स अपराजित रहेको छ। तीन खेलमा विजयी फ्रान्स दुई खेल बराबरीमा टुङ्गाएका छन्।

जर्मनीको यो तेह्रौँ युरो प्रतियोगिता हो भने फ्रान्स दसौँ पटक भाग लिइरहेको छ। यो खेल नेपाली समय अनुसार बुधवार ००:४५ बजे हुनेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ