arrow

कर्णाली सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १ मंगलबार
karnali-prade.jpg

कर्णाली । कर्णाली प्रदेश सरकारको आगामी आव.२०७८-०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।  

यही जेठ २९ गते कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले प्रदेश सरकारको तर्फबाट प्रदेशसभामा आगामी आव.२०७८-०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि सोही दिनबाट सभामा छलफल शुरु भएको थियो । प्रस्तुत नीति तथा कार्यक्रममा प्रदेशसभाका सदस्यहरुले भाग लिँदै आफ्नो सुझाव दिएका थिए ।

सदस्यहरुले उठाएका जिज्ञासा तथा सुझावहरुको जवाफ आज प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सभामा दिएका थिए  ।

प्रदेशसभा सदस्यहरुको जिज्ञासाहरुको जवाफ दिएपछि मुख्यमन्त्री शाहीले आगामी आव २०७८-०७९ को नीति तथा कार्यक्रम पारित गरियोस् भनि सभामा प्रस्ताव पेश गरेपछि उक्त नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख राजबहादुर शाहीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ