arrow

युरोकपमा पोर्चुगलको शानदार शुरूआत, उपाधि रक्षाको बाटोमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २ बुधबार
euro-2020-portugal-hungary.jpg

काठमाडौं । डिफेन्डिङ च्याम्पियन पोर्चुगलले १६ औं संस्करणको युरोकप फुटबलमा शानदार शुरूआत गरेको छ । मंगलबार राति भएको समूह चरणको पहिलो खेलमा पोर्चुगलले  हंगेरीलाई पराजित गरेको हो । 

हंगेरीको पुस्कास एरिनामा पोर्चुगल ३–० गोल अन्तरले विजयी भयो । पोर्चुगललाई जित दिलाउन कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । त्यस्तै राफायल गुइरेरोले एक गोल गरे । 

घरेलु टिमले मध्यान्तरसम्म बराबरीको खेल खेल्न सफल भए पनि अन्तिम १० मिनेट सम्हालिन नसक्दा तीन गोल खान पुगेको हो । पोर्चुगलले ८४ औं, ८७ औं र इन्जुरी समयमा गोल गरेको थियो । 

रोनाल्डोले दुई गोल गरेसँगै युरोकप फुटबलमा सर्वाधिक ११ गोल गर्ने रेकर्ड राखेका छन् । उनले फ्रान्सका मिचेल प्लाटिनीले बनाएको ९ गोलको कीर्तिमान तोडेका हुन् ।

समूह एफ को खेलमा पोर्चुगल जितसँगै ३ अंकबाट शीर्ष स्थानमा रहेको छ । यो समूहको अर्को खेलमा फ्रान्सले जर्मनीलाई १–० गोल अन्तरले पराजित गर्दै दोस्रो स्थानमा रहेको छ । जर्मनी तेस्रो तथा हंगेरी पुछारमा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ