arrow

फ्रान्स विरुद्ध जर्मनीको आत्मघाती प्रदर्शन, बन्यो खराब रेकर्ड 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २ बुधबार
euro-2020-france-germany.jpg

काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबलमा फ्रान्सले विजयी शुरूआत गरेको छ । डिफेन्डिङ रनरअप फ्रान्सले उपाधि दावेदारी प्रस्तुत गर्ने क्रममा जर्मनीमाथि जित निकालेको हो । 

समूह एफ को पहिलो खेलमा फ्रान्सले जर्मनीको म्युनिखस्थित एलिनाज स्टेडियममा भएको खेलमा मंगलबार राति १–० गोल अन्तरले हरायो । विश्वकप विजेता फ्रान्सले आत्मघाती गोलको मद्दतले खेल जितेको हो । 

जर्मनीका माट हुमेल्सको आत्मघाती गोल गरेका हुन् । डिफेन्डर हुमेल्सले २० औं मिनेटमा आत्मघाती गोल गरेका थिए । फ्रान्सका लुकास हर्नान्डेजको क्रस क्लियर गर्ने क्रममा उनले आफ्नै पोस्टमा गोल गरेका थिए । 

फ्रान्सले त्यसपछि निरन्तर गोलका लागि प्रयास गरेको भए पनि सफल भएन । फ्रान्सले गरेको दुई गोलले मान्यता पाएन । खेलको ६६ औं मिनेटमा केलियन एमबाप्पेले अफसाइड गोल गरेका थिए । 

त्यस्तै ८५ औं मिनेटमा एमबाप्पेको पासमा करिम बेन्जिमाले गरेको गोल पनि भीएआरमा अफसाइड देखिएको थियो । 

जर्मनी भने फितलो देखियो । अवसरको सदूपयोग गर्न सकेन । बल पोसेसनमा ५८ प्रतिशत पकड जमाए पनि तीन पटकको च्याम्पियन जर्मनी कमजोर देखिएको हो । 

जर्मनीले आत्मघाती प्रदर्शन गर्दा युरोकपको इतिहासमा पहिलो पटक आफ्नो पहिलो खेलमा पराजय बेहोरेको हो ।

यो खेलपछि समूह एफमा हंगेरीलाई ३–० गोल अन्तरले हराएको डिफेन्डिङ च्याम्पियन पोर्चुगल ३ अंकसहित शीर्ष स्थानमा छ । 

फ्रान्स गोल अन्तरमा पछि पर्दै ३ अंकबाट दोस्रो स्थानमा छ । अंकविहीन जर्मनी तेस्रो तथा हंगेरी चौथो स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ