arrow

रोनाल्डोको युरोकपमा विभिन्न रेकर्ड 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २ बुधबार
ronaldo-happy.jpg

काठमाडौं । पोर्चुगिच राष्ट्रिय फुटबल टिमका कप्तान क्रिष्टियानो रोनाल्डोले युरोकप फुटबलमा विभिन्न रेकर्ड राखेका छन् । उनले सर्वाधिक गोल गर्ने खेलाडीसहित अन्य केही रेकर्ड राखेका हुन् । 

डिफेन्डिङ च्याम्पियन पोर्चुगलले १६ औं संस्करणको युरोकपको पहिलो खेलमा हंगेरी विरुद्ध ३–० गोल अन्तरको जित निकाल्ने क्रममा रोनाल्डोले रेकर्ड राखेका हुन् । मंगलबार राति भएको समूह चरणको पहिलो खेलमा पोर्चुगलले  हंगेरीलाई हराउँदा हंगेरीको पुस्कास एरिनामा रोनाल्डोले दुई गोल गरे । 

योसँगै रोनाल्डोले युरोकप फुटबलमा सर्वाधिक ११ गोल गर्ने रेकर्ड राखेका हुन् । उनले फ्रान्सका मिचेल प्लाटिनीले बनाएको ९ गोलको रेकर्ड तोडेका हुन् । 

अर्को रेकर्ड पनि रोनाल्डोले बनाएका छन् । ३६ वर्षे रोनाल्डोले पाँच संस्करण युरोकप खेल्ने पहिलो खेलाडीको रेकर्डसमेत बनाएका छन् । 

रोनाल्डोले यसअघि सन् २००४, २००८, २०१२ र २०१६ को संस्करण खेलेका थिए । उनकै कप्तानीमा २०१६ को युरोकप पोर्चुगलले जितेको थियो ।

यस्तै उनी लगातार पाँच संस्करणमा गोल गर्ने खेलाडीसमेत बनेका छन् । उनले सन् २००४ मा २, २००८ मा १, २०१२ मा ३ र २०१६ मा ३ गोल गरेका थिए । 

फर्ममा रहेको पोर्चुगल निकै अगाडि जाँदा फर्ममा रहेका रोनाल्डोलेसमेत थप रेकर्ड राख्ने विश्वास गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ