arrow

युरो फुटबल: फिनल्याण्ड विरुद्ध रसिया विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २ बुधबार
euro-2020.jpg

काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबलमा रसियाले दोस्रो खेलमा विजयी भएको छ ।  समूह बीको खेलमा रसियाले फिनल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्दै तीन अङ्क बटुल्न सफल भएको हो।

खेलको ४५औं मिनेटमा एलेक्सी मिरानचुकले गोल गर्दै रसियालाई अग्रता दिलाएका थिए। प्रतिस्पर्धात्मक खेलमा थप गोल हुन नसक्दा रसियाका लागि विजय हुन उक्त गोल नै निर्णायक भएको थियो।

दुवै टोलीले बारम्बार आक्रमण गरिरहे पनि थप गोल हुन नसक्दा रसियाले तीन अङ्क प्राप्त गरेको हो। दुई-दुई खेल खेलेको रसिया र फिनल्याण्डको तीन-तीन अङ्क रहेको छ। रसिया पहिलो खेलमा बेल्जियमसँग पराजित भएको थियो भने फिनल्याण्डले डेनमार्कलाई पराजित गरेको थियो।

समूह बीमा बेल्जियम एक खेल खेलेर तीन अङ्कका साथ पहिलो स्थानमा रहेको छ भने डेनमार्क एक खेल खेलेर अङ्कविहीन रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ