arrow

युरो फुटबल: बेल्जियमले एरिक्सनको सम्मानमा खेलको १०औं मिनेटमा एक मिनेट ताली बजाउने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३ बिहिबार
Euro-den-bel-2020.jpg

काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबलमा डेनमार्क र बेल्जियम भिड्दै छन्। बेल्जियमले खेलको १०औं मिनेटमा डेनमार्कका घाइते भएका खेलाडी क्रिष्चियन एरिक्सनको सम्मानमा एक मिनेट ताली बजाउने भएको छ।

खेलको उक्त समयमा बललाई रोकेर ताली बजाउने बेल्जियमका रोमेलो लुकाकुले अन्तर्राष्ट्रिय संचार माध्यमहरुलाई बताएका छन्। एरिक्सनले बेल्जियमका धेरैजसो खेलाडीहरूसँग खेलेका र अहिले इन्टर मिलानबाट लुकाकुसँगै खेलेका एरिक्सनलाई उक्त सम्मान दिन थालिएको बताइएको छ।

एरिक्सनले डेनमार्कका लागि १० नम्बरको जर्सी लगाएर खेल्ने हुनाले १०औं मिनेटमा सम्मान दिन लागिएको बताइएको छ। दुवै टोली उक्त सम्मान कार्यक्रममा सहभागी हुनेछन्। दर्शकहरूले पनि उक्त सम्मान कार्यक्रममा साथ दिने बताइएको छ।  

एरिक्सन फिनल्याण्ड विरुद्धको खेलमा मुटुमा समस्या आइ मैदानमै ढलेका थिए। उनलाई मैदानमा प्रारम्भिक उपचार गरेर अस्पताल लगिएको थियो। खेल क्षेत्रमा बिरलै देखिने घटना उक्त दिन देखिएको थियो। विश्वभरका खेलप्रेमीहरूले उनको स्वास्थ्य लाभको कामना गरेका थिए।

बेल्जियम र डेनमार्कबीचको खेल डेनमार्कको पार्केन मैदानमा हुनेछ । यो त्यही मैदान हो जहाँ एरिक्सन बेहोस भएर ढलेका थिए। खेल अगाडि डेनमार्कले उक्त मैदानमा अभ्यास गरेको छैन। त्यो अति नै संवेदनशील समय थियो। उक्त घट्नाबाट डेनमार्कका खेलाडीहरू बाहिर निस्किन सकेका छैनन् ।आफ्ना साथीलाई मैदानमा जीवन र मृत्युको दोसाँधमा देख्नु पिडादायी समय थियो।

डेनमार्कले उक्त खेल एरिक्सनको सम्मानमा खेल्नेछ भने विश्व बरीयतामा पहिलो स्थानमा रहेको बेल्जियमले तीन अङ्कका लागि खेल्नेछ। पहिलो खेलमा विजयी रहेको बेल्जियम टोलीमा स्टार खेलाडी केविन डि ब्रुनी समावेश हुनेछन्। उनको आगमनले टोलीको मध्य क्रम अझ बलियो हुनेछ। पहिलो खेलमा रसियालाई ३-०ले पराजित गरेको बेल्जियम राम्रो लयमा रहेको छ।

दुई-दुई खेल खेलेको रसिया र फिनल्याण्डको तीन-तीन अङ्क रहेको छ। रसिया पहिलो खेलमा बेल्जियमसँग पराजित भएको थियो भने फिनल्याण्डले डेनमार्कलाई पराजित गरेको थियो।

समूह बीमा बेल्जियम एक खेल खेलेर तीन अङ्कका साथ पहिलो स्थानमा रहेको छ भने डेनमार्क एक खेल खेलेर अङ्कविहीन रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ