arrow

युरो फुटबल: युक्रेनद्वारा मेसोडोनिया पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३ बिहिबार
UKRAINE VS NORTH MACEDONIA.jpg

काठमाडौं। युरोकप फुटबलको १६औं संस्करण अन्तर्गत समूह 'सी'को खेलमा युक्रेनले नर्थ मेसोडोनियालाई २-१ गोलले पराजित गर्दै तीन अङ्क हासिल गरेको छ। युक्रेन दुई खेलमा तीन अङ्क सहित तेस्रो स्थानमा रहेको छ। उक्त समूहमा अष्ट्रिया र नेदरल्याण्ड्स एक-एक खेलमा तीन-तीन अङ्कका साथ पहिलो र दोस्रो स्थानमा रहेका छन्।

खेलको २९ मिनेटमा आन्द्रेई यार्मालेन्कोले गोल गर्दै युक्रेनलाई अग्रता दिलाएका थिए। त्यसैगरि युक्रेनका रोमन यारेमचुकले ३४औं मिनेटमा गोल गर्दै २-०को अग्रता दिलाएका थिए। म्यासेडोनियाका लागि खेलको ५७औं मिनेटमा एग्जान एलिओस्कीले गोल गर्दै खेलमा फर्किने सङ्केत गरेका थिए।

प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले थप गोलको प्रयास जारी राखेका थिए। दुवै टोलीको प्रयासका बाबजुद थप गोल हुन सकेन र खेल २-१ गोल अन्तरले युक्रेनले जित्यो। खेलको ८४औं मिनेटमा युक्रेनले पाएको पेनाल्टी मेसोडोनियाका गोलकिपरले बचाउँदा थप गोल हुने सम्भावना टरेको थियो।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ