arrow

झन्डै डेढ क्विन्टल गाँजासहित हेटौँडाबाट तीनजना पक्राउ

logo
 रविन्द्र गौतम,
प्रकाशित २०७८ असार ३ बिहिबार
Arrest-ganja-hetaunda.jpg

हेटौँडा।  मकवानपुर प्रहरीले १ सय ४३ किलो गाँजा सहित हेटौँडाबाट ३ जनालाई पक्राउ गरेको छ । बिहीबार बिहान विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी उपरीक्षक समेतको प्रहरी टोलीले मनहरी तर्फबाट हेटौडा तर्फ आईरहेको ना.१ ख ९९१० नम्बरको कन्टेनर गाडी सहित तीन जनालाई नियन्त्रणमा लिइएको हो । 

हेटौँडा उपमहानगरपालिका ११ थानाभर्‍याङ स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डमा उक्त गाडीलाई चेकजाँच गर्दा कन्टेनर गाडीको क्याविन भित्र चालक बस्ने सिट पछाडि फल्स बटम बनाई लुकाई छिपाई ल्याएको १२ वटा पोकामा लागुऔषध गाँजा १ सय४३ किलो ३०० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता जयश्वर रिमालले बताए । 

प्रहरीले गाडी चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं. ५ सिगार्से बस्ने २८ वर्षका सनक बहादुर तामाङ, सह–चालक बाह्रबिसे नगरपालिका वडा नं. ८ मानेश्वारा बस्ने २४ वर्षका सोमे तामाङ र सोही गाडीमा सवार जिल्ला मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नं. १ गल्छराङ बस्ने १८ वर्षका सविन तामाङलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हिजो बुधवार प्रहरीले हेटौंडाबाटै ९६ किलो गाँजासहित ५ जनालाई पक्राउ गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ