arrow

नवलपरासीमा अवैध रूपमा ल्याउँदै गरेको ४६ वटा खसी बरामद 

logo
रबिन्द्र यादव 
प्रकाशित २०७८ असार ३ बिहिबार
goat-nawalparasi.jpg

नवलपरासी। प्रतापपुर गाउँपालिका वडा नं ४ दरखासेमा नेपाल प्रहरीले भारतबाट अवैध रूपमा ल्याउँदै गरेको खसीहरू बरामद गरेको छ । 

बिहीबार दिउँसो डेढ बजेको समयमा भारतबाट नेपाल तर्फ अवैध रूपमा ल्याउँदै गरेको  ४६ वटा खसीलाई सीमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो । 

उक्त खसी मानिसले पैदल डोरीमा बाँधी डोर्‍याउँदै ल्याउने क्रममा प्रहरी टोलीलाई देखी सोही खसी छाडी मानिस भागेको प्रहरीले जनाएको छ । 

बरामद गरिएका खसीहरूलाई आवश्यक कार्यवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी राजु लामाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ