arrow

अर्जेन्टिना दुई खेलबाटै क्वार्टरफाइनल नजिक, उरुग्वे पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ५ शनिबार
copa-america-2021-argentina.jpg

काठमाडौं । कोपा अमेरिका फुटबलमा अर्जेन्टिना क्वार्टरफाइनल नजिक पुगेको छ । दुई खेलबाटै अर्जेन्टिना क्वार्टरफाइनल नजिक पुगेको हो । 

१० टोली सहभागी ब्राजिलमा जारी कोपा अमेरिकामा दुई समूहबाट एक एक टोलीमात्र बाहिरिने भएकाले बाँकी चार टिम सहजै अन्तिम आठमा पुग्नेछन् । समूह ए को अर्जेन्टिना पहिलो खेलमा चिलीसँग बराबरी र दोस्रो खेलमा शनिबार बिहान उरुग्वेलाई १–० गोल अन्तरले हराएपछि क्वार्टरफाइनल नजिक पुगेको हो । 

अर्जेन्टिनालाई जित दिलाउनका लागि १३ मिनेटमै गुडो रोड्रिग्वेजले निर्णायक गोल गरे । त्यसपछि भने खेल खासै जम्न सकेन । अर्जेन्टिनाका ३ खेलाडीले तथा उरुग्वेका २ खेलाडीले पहेंलो कार्ड खाए । 

उरुग्वेले ५५ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको भए पनि गोल गर्न सकेन । गोलका लागि अर्जेन्टिनाले ६ वटा प्रहार गरेको थियो । त्यस्तै उरुग्वेले कुनै पनि प्रहार गरेन । 

उरुग्वेले २१ फाउल गर्दा अर्जेन्टिनाले ११ फाउल गरेको थियो । 

अर्को खेलमा चिलीले बोलिभियालाई १–० गोल अन्तरले हरायो । खेलको १० मिनेटमै बेन ब्रेरेटनले निर्णायक गोल गरे । 

अंक तालिका
२ खेलबाट ४ अंकसहित अर्जेन्टिना पहिलो, चिली समान अंकबाट दोस्रो र १ खेलबाट ३ अंकसहित पाराग्वे तेस्रो स्थानमा छ । 

पहिलो खेलमै हारेको उरुग्वे चौथो तथा दुवै खेल हारेको बोलिभिया पुछारमा छ । 

अर्को समूहबाट आयोजक ब्राजिल दुवै खेल जितेर क्वार्टरफाइनलमा पुगिसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ