arrow

युरो फुटबल: समूह 'ए'का दुई निर्णायक खेलहरू हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ६ आइतबार
euro-2020.jpg

काठमाडौं। युरोकप फुटबलको १६औं संस्करण अन्तर्गत समूह 'ए'का अन्तिम खेलहरू आइतबार हुँदै छन्। उक्त खेलहरूमा वेल्सले इटलीको सामना गर्दै छ भने टर्की स्विजरल्याण्डसँग खेल्नेछ।

यो समूहमा इटली दुई खेलमा ६ अङ्क सहित पहिलो स्थानमा रहेको छ र दोस्रो चरणका लागि आफ्नो स्थान पक्का गरिसकेको छ। वेल्सले दुई केलमा ४ अङ्क प्राप्त गरेको छ । वेल्सले इटलीसँगको खेल बराबरी वा जितेमा दोस्रो चरण पक्का गर्नेछ । वेल्सले बराबरी गरेमा ५ अङ्कसहित दोस्रो स्थान सहित दोस्रो चरण सुनिश्चित गर्नेछ ।

वेल्स पराजित भए पनि दोस्रो स्थानमा रहने सम्भावना रहेको छ। स्विजरल्याण्डले टर्कीलाई भारी गोल अन्तरले पराजित गरेमा मात्र वेल्स समूहमा तेस्रो हुनेछ । स्विजरल्याण्डलाई पनि टर्कीलाई पराजित गर्नै पर्ने खेल रहेको छ। चार अङ्क सहित तेस्रो भएमा तेस्रोहरूमा प्रथम चारमा पर्ने सम्भावना रहन्छ । अहिलेको युरोको तालिका अनुसार ६ वटा समूहबाट पहिलो चार टोली तेस्रो भए पनि दोस्रो चरणमा प्रवेश पाउने छन्।

राम्रो लयमा रहेको इटलीलाई रोक्न वेल्सलाई हम्मे हम्मे पर्ने सम्भावना रहेको छ। इटली आफ्नो पछिल्ला २९ खेलहरूमा अपराजित रहेको छ जसमा पछिल्ला १० खेलहरूमा गोल नखाईकन विजयी रहेको छ। रेकर्डले इटली राम्रो लयमा रहेको देखाउँछ । फुटबलमा खेलको दौरान जुन टोली सकारात्मक रहेर खेल्छ उल्ले खेल आफ्नो पोल्टामा पार्ने गरेको देखिन्छ ।

स्विजरल्याण्डले टर्कीलाई पराजित गरेमा ४ अङ्क सहित तेस्रो स्थानमा रहनेछ । चार अङ्कसहित तेस्रो स्थानमा रहेको टोली दोस्रो चरणमा प्रवेश पाउने सम्भावना प्रबल रहन्छ । स्विजरल्याण्डले टर्कीलाई पराजित गर्नै पर्ने स्थिति रहेको छ भने टर्कीले सम्मानजनक बहिर्गमनका लागि पनि अङ्क आवश्यक रहेको छ। टर्कीले तीन अङ्क हासिल गरे पनि उसको गोल फरक ऋणात्मक ५ रहेको छ भने अन्य समूहमा यति धेरै गोल फरक नरहेकोले टर्की दोस्रो चरणमा प्रवेश पाउने सम्भावना न्यून रहेको छ।

आइतबार हुने दुवै खेलहरू नेपाली समय २१:४५मा हुनेछन्।

                                                                                                                                                       



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ