arrow

'हो म मरेकी छैन'

logo
इन्द्र न्यौपाने,
प्रकाशित २०७८ असार ६ आइतबार
indra.JPG

माफ गर!!!
मेरो प्रिय....
म अझै मरेकी छैन
श्रद्धाञ्जली  दिने नाममा 
अँजुली उठाउने तिम्रो इच्छा  
पुरा हुन पाएको छैन। 
 
मलाई थाहा छ
 तिमीलाई मेरो याद मिठो लाग्दैन 
आफ्नो सिङ्गो  अतीत मेटाएर
मेरो नाममा तर्पण दिन 
मन छ तिमीलाई

तर...
आजसम्म तिम्रो खुसीमा 
साथ दिन सकेको छैन
तिम्रो निष्कलंकित कल्पनाको बिहान 
तिमी सामु
 आएको  छैन

दुर्भाग्य!!!
म अझै मरेकी छैन 

तिमी चाहन्छौ ती सन्तानले 
आमा सोच्नु नपरोस्
छोरा छोरीले 
आमा भावनामै घृणा गरुन् 
यो पृथ्वी एक पटक हल्लियोस् 
र म कतै हराऊँ
यो धरती फाटोस् 
र म त्यहीँ बिलाऊँ

दुर्भाग्य.....
ईश्वरको अदालतमा 
तिम्रो पक्षमा फैसला नहुँदा
तिम्रो मन चङ्गा हुन सकेको छैन
म मरेकी छैन

मलाई ती सुखद बैँसहरूले भन्दा
मेरो मातृत्वले तिम्रोनजिक राखेको छ
मेरो निशानी बिर्सन खोजेका
मेरा सन्तानको अनुहारमा
मलाई म खोज्न मन छ

सपना र इच्छा 
हुँदो रैछ सवैमा
हो म त्यै अँध्यारोमा
जुनकिरी बनेर 
उडिरहेकी छु
आवश्यक परे ......
मरी ..भनिदिए हुन्छ
प्रिय 
हो म अझै 
मरेकी छैन.....



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ