arrow

इटालीको शतप्रतिशत खेल, हारे पनि वेल्स अर्को चरणमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ७ सोमबार
euro-2020-italy.jpg

काठमाडौं । इटाली समूह विजेता बन्दै शतप्रतिशत नतिजाका साथ १६ औं संस्करणको युरोकप फुटबलको राउन्ड अफ सिक्सटिनमा पुग्न सफल भएको छ । घरेलु मैदान रोमको ओलम्पिक स्टेडियममा वेल्सलाई १–० गोल अन्तरले हराउँदै इटाली सबै खेल जितेर अन्तिम १६ मा पुगेको हो । 

इटालीलाई जित दिलाउन माटियो पेसिनाले निर्णायक गोल गरे । उनले खेलको ३९ औं मिनेटमा मार्को भेराट्टीको फ्रिकिक पासमा गोल गरेका हुन् । 

५३ औं मिनेटमा फेड्रिको बेर्नार्डेस्चीको फ्रिकिक पोस्टमा लागेर फर्किदा इटाली थप अग्रता लिन चुक्यो । 

५६ औं मिनेटमा इथान एम्पडुले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटियो । फेड्रिको बेर्नार्डेस्चीलाई फउल गरेपछि एम्पडुले सीधै रातो कार्ड पाएका हुन् । 

यो जितपछि समूह ए बाट ९ अंकसहित इटाली अन्तिम १६ मा पुगेको छ । इटालीले यसअघि टर्कीलाई ३–० गोल अन्तरले र स्वीट्जरल्याण्डलाई ३–० गोल अन्तरले नै हराएको थियो ।

इटालीसँग पराजित भएपनि वेल्स उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।  वेल्सले यसअघि टर्कीलाई हराउँदा स्वीट्जरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको थियो । 

स्वीट्जरल्याण्डलाई गोल अन्तरले पछाडि पार्दै वेल्स उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ