arrow

स्वीट्जरल्याण्ड अन्तिम १६ मा पुग्न ‘पर्ख र हेर’ को अवस्थामा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ७ सोमबार
euro-2020-switzerland-turke.jpg

काठमाडौं । समूह चरणको अन्तिम खेलमा टर्कीमाथि शानदार जितसहित स्वीटजरल्याण्ड १६ औं संस्करणको युरोकप फुटबलको राउन्ड अफ सिक्सटिनमा पुग्ने सम्भावना प्रवल पारेको छ । 

आइतबार राति अजरबैजानको बाकुमा भएको समूह चरणको अन्तिम खेलमा टर्कीलाई ३–१ गोल अन्तरले परजित गर्दै स्वीट्जरल्याण्ड अन्तिम १६ का लागि दावेदार बनेको हो । 

स्वीसलाई जित दिलाउन जद्रान शाकिरीले दुई गोल गरे । त्यस्तै हरिस सेफेरोभीले एक गोल गरे । टर्कीका इरफान केभाचीले एक गोल फर्काए ।

अबको सम्भावना 
यो खेलसँगै समूह ए का समय चरणका खेलहरु सकिएका छन् । इटाली ९ अंकसहित शीर्ष स्थानमा रहेर राउन्ड अफ सिक्सटिनमा पुगेको छ । त्यस्तै वेल्स ४ अंकबाट गोल अन्तरका आधारमा उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ । 

स्वीट्जरल्याण्डको ४ अंक नै छ । तर उसको गोल अन्तर ऋणात्मक छ । माइनस १ गोल अन्तर रहेको छ । टर्की अंकविहीन बन्दै बाहिरिएको छ । 

२४ टिम सहभागी युरोकपमा ६ समूह छन् । समूहका विजेता र उपविजेता सीधै राउन्ड अफ सिक्सटिनमा पुग्छन् । तेस्रो भएका समूहका ६ मध्ये उत्कृष्ट ४ टिममात्र अन्तिम १६ मा पुग्छन् । स्वीट्जरल्याण्ड त्यसको दावेदार भएको छ । 

नतिजाका लागि अब सबै समूह चरणका खेलहरु सकिएपछि अंक र गोल अन्तरका आधारमा चार टिम छानिने छन् । 

स्वीट्जरल्याण्ड पर्ख र हेरको अवस्थामा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ