arrow

युरो फुटबल: समूह 'बी'का दुई निर्णायक खेलहरू हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ७ सोमबार
euro-2020.jpg

काठमाडौं। युरोकप फुटबलको १६औं संस्करण अन्तर्गत समूह 'बी'का दुई खेलहरू आइतबार हुँदै छन्। फिनल्याण्डले बेल्जियमको सामना गर्दै छ भने रसिया र डेनमार्क भिड्दै छन्। फिनल्याण्ड र रसियाका लागि आफ्ना खेलहरू महत्त्वपूर्ण रहेका छन्। बेल्जियम दोस्रो चरणमा प्रवेश गरिसकेको छ भने डेनमार्क अङ्कविहीन रहेको छ।

यो समूह रोमाञ्चक स्थितिमा पुगेको छ। अङ्कविहीन रहेको डेनमार्कले यदि रसियालाई २ गोल गरेर पराजित गरेमा र बेल्जियमले फिनल्याण्डलाई पराजित गरेमा डेनमार्क दोस्रो स्थान हासिल गर्दै 'राउण्ड अफ सिक्सटिनमा प्रवेश गर्नेछ। यसैगरि यदि फिनल्याण्डले जितेमा वा बराबरी गरेमा डेनमार्क तेस्रो हुनेछ।

बेल्जियमले दुई खेलमा ६ अङ्क जोडिसकेको छ। उसले रसिया र डेनमार्कलाई पराजित गरेको थियो। रसिया र फिनल्याण्ड दुवै २ खेलमा तीन-तीन अङ्कका साथ दोस्रो र तेस्रो स्थानमा रहेका छन्। फिनल्याण्डले डेनमार्कलाई पराजित गरेको थियो भने रसियासँग पराजित भएको थियो।

बेल्जियम र फिनल्याण्डबीचका पछिल्लो सात खेलमा फिनल्यण्ड पराजित भएको छैन। चार खेलमा विजयी फिनल्याण्डले तीन खेल बराबरीमा टुङ्ग्याएको छ। सन् १९६८ पछि बेल्जियमले फिनल्याण्डलाई पराजित गर्ने सकेको छैन। सोभियत सङ्घको विघटन पछि रसिया र डेनमार्क सन् २०१२मा एक पटक खेलेका छन् जसमा रसिया २-० गोलले विजयी भएको थियो। आइतबार हुने दुवै केलहरू नेपाली समय अनुसार २१:४५ बजे हुनेछ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ