arrow

युरो फुटबल: समूह 'सी'मा दोस्रो स्थानका लागि भिडन्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ७ सोमबार
Euro-2020-logo.jpg

काठमाडौं। युरोकप फुटबलको १६औं संस्करण अन्तर्गत समूह 'सी'का दुई खेलहरू हुँदै छन्। नेदरल्यण्ड्सले नर्थ मेसोडोनियाको सामना गर्दै छ भने अष्ट्रिया र युक्रेन खेल्नेछन्। यी दुई खेलहरू नेपाली समय अनुसार सोमवार ००:४५ बजे हुनेछन्।

नेदरल्याण्ड्स दुई खेलमा जित हात पार्दै दोस्रो चरण प्रवेश गरिसकेको छ भने अङ्कविहीन रहेको नर्थ मेसोडोनिया प्रतियोगिताबाट बाहिरीइसकेको छ। युक्रेन र अष्ट्रिया दुई खेलमा ३-३ अङ्कका साथ दोस्रो र तेस्रो स्थानमा रहेका छन्। यी दुईबीचको खेलमा युक्रेन विजयी भएमा वा बराबर खेलेमा दोस्रो चरण प्रवेश पाउने छ।

अष्ट्रियाले यदि जितेमा युक्रेनलाई दोस्रो चरण प्रवेश पाउन तेस्रो स्थानमा रहनेहरू मध्य प्रथम चारमा पर्नु पर्ने हुन्छ । नर्थ मेसोडोनिया विजयी भएमा उसका लागि सान्त्वना जित हुनेछ। पहिलो पटक युरो फुटबलमा सहभागी नर्थ मेसोडोनियाका लागि उक्त जित पनि सम्झन योग्य रहने छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ