arrow

नेदरल्यान्ड्स शतप्रतिशत नतिजासहित युरोकपको राउन्ड अफ सिक्सटिनमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ८ मंगलबार
euro-2020-netherlands.jpg

काठमाडौं । नेदरल्यान्ड्स शतप्रतिशत नतिजासहित १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा उत्तरी म्यासेडोनियालाई ३–० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्स समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको हो । 

जोहान क्रुफ एरिनामा नेदरल्यान्ड्सलाई जित दिलाउन कप्तान जर्जिनियो विनाल्डमले दुई गोल गरे । यस्तै मेम्फिस डिपेले एक गोल थपे ।  

नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३–२ ले तथा दोस्रो खेलमा अष्ट्रियालाई २–० गोल अन्तरले हराएको थियो । पराजित उत्तरी म्यासेडोनिया अंकविहीन हुँदै पुछारमा रहेर समूह चरणबाटै बाहिरिएको छ । 

यसअघि म्यासेडोनिया अष्ट्रियासँग ३–१ ले र  युक्रेनसँग २–१ गोल अन्तरले पराजित भएको थियो ।

अहिलेसम्म समूह ए बाट इटाली, समूह बी बेल्जियम र समूह सी बाट नेदरल्यान्ड्सले शतप्रतिशत नतिजासहित राउन्ड अफ सिक्सटिनमा पुग्ने अवसर पाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ