arrow

युरो फुटबल: समूह 'डी'मा दोस्रो चरण पुग्न तीव्र प्रतिस्पर्धा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ८ मंगलबार
euro-2020.jpg

काठमाडौं।  युरोकप फुटबलको १६औं संस्करण अन्तर्गत समूह 'डी'का दुई खेलहरूमा ईङल्याण्ड - चेक गणतन्त्र र स्कटल्याण्ड - क्रोएसिया खेल्दै छन्। नेपाली समय अनुसार बुधवार ००:४५ बजे हुने खेलहरूमा दोस्रो चरणमा जाने सम्भावना चार वटै टोलीसँग रहेको छ। दोस्रो चरणमा पहिलो दुई टोली र तेस्रो स्थानमा रहेको स्थितिमा सबै समूहबाट पहिलो चार टोली दोस्रो चरण प्रवेश गर्ने प्रावधान रहेको छ।

यो समूहमा चेक दुई खेलमा चार अंक सहित पहिलो स्थानमा रहेको छ भने ईङल्याण्ड पनि चार अङ्क सहित दोस्रो स्थानमा रहेको छ। त्यसैगरि दुई खेलमा १-१ अङ्कका साथ क्रोएसिया र स्कटल्याण्ड क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन्।

ईङल्याण्ड र चेक बीचको खेल बराबरीमा टुङ्गिएमा यी दुवै टोली सहजे दोस्रो चरण (राउण्ड अफ सिक्सटिन) पुग्ने छन्। यदि ईङल्याण्ड विजयी भएमा दोस्रो चरण पुग्नेछ भने चेकका लागि क्रोएसिया र सक्टल्याण्डको खेलको नतिजामा भर पर्न पर्नेछ। यदि स्कटल्याण्डले जितेमा वा बराबरी गरेमा चेक दोस्रो हुँदै दोस्रो चरण प्रवेश गर्नेछ। यदि क्रोएसिया जितेमा गोल अन्तरको आधारमा दोस्रो स्थानको निर्णय हुनेछ ।

यसैगरि यदि चेक विजयी भएमा र क्रोएसियाले जितेमा वा बराबरी गरेमा ईङल्याण्ड दोस्रो हुँदै अर्को चरण प्रवेश पाउने छ। यदि स्कटल्याण्ड जितेमा दोस्रो स्थानको निर्णय गोल अन्तरका आधारमा हुनेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ