arrow

युरो फुटबल: समूह 'ई'मा स्पेनको भाग्य फैसला हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ९ बुधबार
euro-2020.jpg

काठमाडौं।  युरोकप फुटबलको १६औं संस्करण अन्तर्गत समूह 'ई'का खेलहरू रोमाञ्चक हुने छ। यो समूहमा रहेका चार वटै टोलीहरू दोस्रो चरण (राउण्ड अफ सिक्सटिन) पुग्न सक्ने संभावना रहेको छ। दोस्रो चरणमा समूहबाट पहिलो दुई टोली प्रवेश गर्नेछन् भने तेस्रो टोलीले अरू समूहमा तेस्रो मध्य पहिलो चार हुनु पर्ने हुन्छ।

यो समूहमा स्पेनले स्लोभाकियो सामना गर्नेछ भने स्विडेनले पोल्याण्डसँग खेल्नेछ। समूह चरणका दुई खेल सकिइसकेको स्थितिमा स्विडेन ४ अङ्कसहित पहिलो स्थानमा रहेको छ भने स्लोभाकिया ३ अङ्क सहित दोस्रो स्थानमा छ। यसै गरी स्पेन २ अङ्कसहित तेस्रो र पोल्याण्डको १ अङ्क रहेको छ।

यदि स्विडेनले पोल्याण्डलाई पराजित गरेमा पहिलो हुँदै दोस्रो चरण प्रवेश गर्नेछ भने पोल्याण्ड बाहिरिने छ। यदि पोल्याण्डले स्विडेनलाई पराजित गरेमा र उता स्लोभाकियाले स्पेनलाई वा स्पेनले स्लोभाकियालाई पराजित गरेमा समूहमा दोस्रो हुँदै दोस्रो चरणको यत्रा तय गर्नेछ।यदि स्पेन र स्लोभाकियाको खेल बराबरी भएमा गोल अन्तरका आधारमा पोल्याण्ड पहिलो हुनेछ ।

स्पेनले स्लोभाकियालाई पराजित गर्दा उता पोल्याण्डले स्विडेनलाई पराजित गरेमा स्पेन समूह चरणमा पहिलो स्थान हासिल गर्दै दोस्रो चरण प्रवेश गर्नेछ। पोल्याण्ड र स्विडेनले बराबरी गरेमा गोल अन्तरका आधारमा  पहिलो स्थानको निर्णय हुनेछ। यदि स्पेनले स्लोभाकियासँग बराबरी खेलेमा र पोल्याण्डले जितेमा स्पेन समूह चरणबाट बाहिरिने छ। स्पेनले बराबरी गर्दा उता पोल्याण्डले बराबरी गरेमा स्पेन तेस्रो टोलीका रूपमा दोस्रो चरण प्रवेश गर्ने सम्भावना रहने छ।

स्लोभाकियाले स्पेनलाई पराजित गरेमा स्लोभाकिया दोस्रो चरण प्रवेश गर्ने छ तर पहिलो वा दोस्रो स्थान भनेर स्विडेन र पोल्याण्डबीचको खेलको नतिजामा निर्भर रहनेछ। स्पेनसँग स्लोभाकियाले बराबरी नतिजा निकालेमा र पोल्याण्डले जितेमा गोल अन्तरले निर्णय हुनेछ ।  

यी दुई खेलहरू नेपाली समय अनुसार बुधवार २१:४५ बजे हुनेछन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ