arrow

युरो फुटबल: 'ग्रुप अफ डेथ' रोमाञ्चक मोडमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ९ बुधबार
Euro-2020-logo.jpg

काठमाडौं।  युरोकप फुटबलको १६औं संस्करण अन्तर्गत समूह 'एफ'का खेलहरू रोमाञ्चक हुने छ। 'ग्रुप अफ डेथ' भनिएको यो समूहमा रहेका चार वटै टोलीहरू दोस्रो चरण (राउण्ड अफ सिक्सटिन) पुग्न सक्ने सम्भावना रहेको छ।फ्रान्स, जर्मनी, पोर्चुगल र हंगेरी रहेको समूहमा हंगेरीको दोस्रो चरण पुग्ने झिनो सम्भावना मात्र रहेको छ। दोस्रो चरणमा समूहबाट पहिलो दुई टोली प्रवेश गर्नेछन् भने तेस्रो टोलीले अरू समूहमा तेस्रो मध्य पहिलो चार हुनु पर्ने हुन्छ। 

यो समूहमा फ्रान्सले पोर्चुगलको सामना गर्ने छ भने जर्मनी र हंगेरी भिड्नेछन्। सबै टोलीले दुई खेल खेल्दा फ्रान्सको ४ अङ्क रहेको छ भने जर्मनी र पोर्चुगलको तीन-तीन अङ्क रहेको छ । हंगेरी एक अङ्क सहित समूहको चौथो स्थानमा रहेको छ। 

फ्रान्सले पोर्चुगललाई पराजित गरेमा समूहको पहिलो हुँदै दोस्रो चरणमा प्रवेश गर्नेछ भने यदि बराबरी मात्र गरेमा पहिलो वा दोस्रो स्थानका लागि जर्मनी र हंगेरीको खेलको नतिजामा निर्भर गर्नेछ। त्यसैगरि यदि पोर्चुगलसँग पराजित भएमा जर्मनी र हंगेरीको नतिजा बराबरी भएमा समूहमा दोस्रो हुँदै फ्रान्स दोस्रो चरणमा पुग्ने छ भने पोर्चुगल प्रथम हुँदा जर्मनी तेस्रो हुँदै दोस्रो चरण प्रवेश गर्नेछ। यदि हंगेरी विजयी भएमा र फ्रान्स पराजित भएमा फ्रान्स तेस्रो हुँदै दोस्रो चरण पुग्ने सम्भावना रहन्छ भने हंगेरी दोस्रो हुँदै दोस्रो चरण प्रवेश गर्नेछ। 

जर्मनी हंगेरीसँग पराजित हुँदा पोर्चुगलले जितेमा वा पोर्चुगल-फ्रान्सको खेल बराबरीमा टुङ्गिएमा जर्मनी समूह चरणबाट बाहिरिने छ। हंगेरी विरुद्ध जर्मनी विजयी रहेमा र उता पोर्चुगलले  जितेमा वा बराबरी गरेमा जर्मनी समूह चरणमा प्रथम हुँदै दोस्रो चरण प्रवेश गर्नेछ । 

'ग्रुप अफ डेथ' भनिएको समूहको स्थिति पनि नामकरण गरिए जस्तै भएको छ। समूहको पहिलो तीन टोली दबाबमा रहेका छन्। दर्शकहरूका लागि भने खेल रोमाञ्चक हुने छ। यी दुई खेलहरू नेपाली समय अनुसार बिहीबार ००:४५ बजे हुने छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ