arrow

युरो फुटबल: पहिलो चरणका खेलहरू सकिए, यस्तो छ दोस्रो चरणको समीकरण 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १० बिहिबार
euro-2020.jpg

काठमाडौं।  युरोकप फुटबलको १६औं संस्करणमा पहिलो चरणका खेलहरू सकिएका छन्। दोस्रो चरण (राउण्ड अफ सिक्सटिन)का टोलीहरूको अन्तिम टुङ्गो लागेको छ।

समूह 'एफ'का खेलहरू सकिएसँगै दोस्रो चरण पुग्ने टोलीहरू छानिएका हुन्। जर्मनी र हंगेरीबीचको खेल र पोर्चुगल-फ्रान्स बीचको खेल दुवै बराबरीमा सकिँदा फ्रान्स समूहमा पहिलो हुँदा जर्मनी दोस्रो र पोर्चुगल तेस्रो हुँदै दोस्रो चरण प्रवेश गरेका हुन्। दुवै खेल २-२ गोलको बराबरीमा सकिएको थियो।

त्यसैगरि समूह 'ई' बाट स्विडेन पहिलो हुँदा स्पेन दोस्रो हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन्।बुधवार भएका अन्तिम समूह चरणका खेलहरूमा स्पेनले स्लोभाकियालाई ५-० गोल अन्तरले पराजित गर्दा स्विडेनले पोल्याण्डलाई ३-२ गोल अन्तरले पराजित गरेको छ।

समूह 'डी'बाट ईङल्याण्ड ईङल्याण्ड, क्रोएसीया र चेक गणतन्त्र दोस्रो चरणमा खेल्नेछन्। ।तीन खेलमा ७ अङ्क ल्याएको ईङल्याण्ड पहिलो हुँदै दोस्रो चरण पुगेको हो भने क्रोएसिया र चेक गणतन्त्र चार-चार अङ्क सहित क्रमशः दोस्रो र तेस्रो हुँदै दोस्रो चरण प्रवेश गरेका हुन्।

उता समूह 'सी'बाट नेदरल्याण्ड्स, अष्ट्रिया र युक्रेन दोस्रो चरण प्रवेश गरेका छन्। तीन खेलमा सबै खेल जित्दा नेदरल्याण्ड्स ९ अङ्क सहित पहिलो हुँदा दुई खेल जितेको अष्ट्रिया ६ अङ्क सहित दोस्रो हुँदा एक खेल जितेको युक्रेन तीन अङ्क सहित तेस्रो हुँदै दोस्रो चरण प्रवेश गरेको हो।

समूह 'बी'मा पहिलो दुई टोली मात्र दोस्रो चरण प्रवेश गरेका छन्। बेल्जियमले तीन खेल जित्दै ९ अङ्क सहित दोस्रो चरण प्रवेश गरेको हो भने डेनमार्कले जम्मा १ खेल जितेर तीन अङ्क सहित दोस्रो हुँदै दोस्रो चरण प्रवेश गरेको हो। यो समूहबाट १-१ खेल जितेका फिनल्याण्ड र रसिया बाहिरिएका छन्।

उता समूह 'ए'बाट तीन टोली ईटली, वेल्स र स्विजरल्याण्ड दोस्रो चरण प्रवेश गरेका छन्। ईटली पहिलो हुँदा वेल्स र स्विजरल्याण्ड क्रमशः दोस्रो र तेस्रो हुँदै दोस्रो चरण प्रवेश गरेका हुन्।

यस्तो छ समीकरण

शनिवारदेखि दोस्रो चरणका खेलहरू शुरु हुँदै छन्। पहिलो दिनको खेलहरूमा डेनमार्क - वेल्सईटली-अष्ट्रिया खेल्दै छन्। डेनमार्क-वेल्सबीचको खेल आमस्टरडममा हुनेछ भने ईटली-अष्ट्रिया लण्डनमा खेल्नेछन्।

नेदरल्याण्ड्सले चेक गणतन्त्रको सामना हंगेरीको बुडापेस्टमा गर्ने छ भने बेल्जियम र पोर्चुगल बीचको खेल सेभियामा हुनेछ। उता स्पेनले क्रोएसियाको सामना डेनमार्कको कोपेनहेगनमा गर्दै छ भने फ्रान्स र स्विजरल्याण्ड बुखारेस्टमा भिड्ने छन्। ईङल्याण्ड र जर्मनी लण्डनमा खेल्नेछन् भने स्विडेन र युक्रेनले ग्लासगावमा खेल्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ