arrow

कोपा अमेरिका: ब्रजिलद्वारा कोलम्बिया पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १० बिहिबार
corona-brazil.jpg

काठमाडौं। कोपा अमेरिका फुटबल अन्तर्गत ब्रजिलले लगातार तेस्रो जित हात पारेको छ। कोलम्बियासँगको खेलमा २-१ले विजयी हुँदै ब्रजिलले कवार्टरफाइनलको यात्रा तय गरेको छ ।

खेलको १०औं मिनेटमा कोलम्बियाका लुई डियाजले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। उनको अग्रतालाई ७८औं मिनेटमा रोबर्टो फिर्मिनोले गोल गर्दै बराबरीमा पुर्‍याएका थिए।

फिर्मिनोको उक्त गोलमा कोलम्बियाले प्रश्न उठाएको थियो। नेयमारले गरेको पास रेफ्रीलाई लागेर फिर्मिनोले पाएका थिए। उक्त समयमा कोलम्बियाका खेलाडीहरू अलमलिएका थिए। पछि भारको साहयतामा उक्त गोललाई मान्यता दिइएको थियो।  

दोस्रो हाफमा १० मिनेट  समय थपिएको थियो। उक्त थपिएको समयको १०औं मिनेटमा नेयमारको कर्नरमा क्यासेमिरोले गोल गर्दै ब्रजिललाई विजयी बनाए।

यहि समूहको पेरु र ईक्वेडरबीचको खेल २-२को बराबरीमा टुङ्गिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ