arrow

माओवादी केन्द्र छाडेर एमालेमा गएका स्थानीय तहका १४ जनप्रतिनिधिको पद रिक्त 

निर्वाचन आयोगले निकाल्यो पद रिक्त भएको सूचना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ११ शुक्रबार
election-commission1-1618997712.jpg

काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र छाडेर एमालेमा गएका स्थानीय तहका १४ जनप्रतिनिधि पदरिक्त भएको सूचना सार्वजनिक गरेको छ ।

आयोगले गोरखापत्र दैनिकमा सूचना नै निकालेर १४ जनप्रतिनिधि पद रिक्त भएको उल्लेख गरेको छ । जसमा २ जना मेयर, ५ जना उपमेयर, केही गाउँपालिका अध्यक्षसहित विभिन्न जिल्लाका वडाध्यक्ष र सदस्य छन् ।

गत सोमबार नेकपा माओवादी केन्द्रको बैठकले ३१ जना नेता कार्यकर्तालाई पार्टीबाट निस्कासन गरेको निर्णय गरेको थियो । जसमा १४ जना स्थानीय जनप्रतिनिधि र १७ जना केन्द्रीय सदस्य निस्कासन गरेको निर्णय गरेको थियो ।

निर्वाचन आयोगले कारवाहीको विवरण अद्यावधिक गर्नका लागि केन्द्रीय समितिको बैठकको निर्णय आवश्यक भएको बताएपछि माओवादी केन्द्रको सोमवारको बैठकले कारवाही गर्ने निर्णयलाई अनुमोदन गरेको थियो ।

बैठकको निर्णयको माइन्युटसहित माओवादी केन्द्रले २०७४ सालको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका उनीहरू एमाले प्रवेश गरी पार्टी परित्याग गरेकोले त्यस्तो पद स्वतः रिक्त हुने भन्दै आयोगसमक्ष कारवाहीको पत्र बुझाएको थियो ।

रौतहटको मौलनापुर नगरपालिका प्रमुख रिना कुमारी साह, रौतहट कटहरिहा नगरपालिकाका मेयर शियाराम कुशवाहा,  देवाही गोनाइ नगरपालिका रौतहटका उप मेयर परनिया देवी, मौलापुर नगरपालिका रौतहटका उपप्रमुख गौरिशंकरप्रसाद, रौतहट माधवनारायण नगरपालिकाकी उपप्रमुख सिमलाकुमारी शाह, रौतहटकै यमुनामाइ गाउँपालिकाकी उपाध्यक्ष गितादेवी शाहलागयत १४ जना जनप्रतिनिधिको नाम सार्वजनिक भएको हो ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३१ र ३२ तथा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको व्यहोरा दलको केन्द्रीय समितिले आयोगलाई जानकारी गराए बमोजिम पद रिक्त भएको आयोगले सूचनामा उल्लेख गरेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ