arrow

युरोकप फुटबलको पहिलो सेमिफाइनलमा पोर्चुगल र वेल्स खेल्दै, भिडन्त रोनाल्डो–बेलको

logo
हाम्रा कुरा
प्रकाशित २०७३ असार २२ बुधबार
ronaldo.jpg.jpeg
लियों । फ्रान्समा जारी युरोकप फुटबलको पहिलो सेमिफाइनल खेलमा आज पोर्चुगल र वेल्स खेल्दैछन् । लियोंको मैदानमा हुँदै गरेको खेल नेपाली समय अनुसार राति पौने १ बजे हुँदैछ । पोर्चुगलले क्वार्टरफाइनलमा पोल्याण्डलाई हराएको थियो भने वेल्सले विश्व नम्बर दुई टिम बेल्जियमलाई पछाडि पारेको थियो । त्यसअघि प्रिक्वार्टरफाइनलमा वेल्सले इङल्याण्डलाई हराएको थियो । 
 
यो समीकरण अनुसार वेल्सले दुई दावेदार टिमलाई हराउँदा पक्कै पनि गौरव बनाइसकेको छ । कसैले पनि नसोचेको उपलब्धी हासिल गरेको वेल्सका लागि यसअघिका भन्दा कमजोरजस्तै आँकिएको पोर्चुगलको चुनौती पनि पार गर्ने देखिएको छ । वेल्सभन्दा बढी नैतिक दबाबमा पोर्चुगल नै देखिन्छ । वेल्सका लागि ५० वर्षयता कुनै ठूलो प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने पहिलो अवसर हुनेछ । वेल्स पहिलो पटक युरोपेली च्याम्पियनसिपमा खेलिरहेको हो । 
 
वेल्स र पोर्चुगलबीचको भिडन्तमा सबैभन्दा ठूलो विशेषता भनेको व्यवसायीक फुटबलमा एउटै टिमबाट खेल्ने स्पेनिश क्लव रियाल मड्रिडका महङ्गा खेलाडीहरु नै हुन् । फाइनल प्रवेशका लागि सबैभन्दा बढी कसैसंग प्रतिस्पर्धा हुन्छ भने त्यो हो ग्यारेथ बेल र क्रिष्टियानो रोनाल्डोबीच । 
 
लियोंमा हुने खेलमा आफू तयार रहेको भन्दै वेल्सका बेलले भनेका छन् – ‘रोनाल्डो र मलाई बीचमा राखेर प्रतिस्पर्धा हेर्नु हुँदैन, यो हामीबीचको होइन दुई देशबीचको भिडन्त हो ।’ त्यस्तै रोनाल्डोले पनि प्रतिस्पर्धा दुई देशबीच भएकाले आजको खेलको जितहारले हामी दुईबीच व्यवसायिक फुटबलमा कुनै असर पर्ने छैन । रोनाल्डोले १३१ अन्तर्राष्ट्रिय खेलमा ६० गोल गरेका छन् भने बेलले ६० खेलमा २२ गोल गरेका छन् । 
 
यी दुई टिमले सन् २००० मा खेलेको मैत्रिपूर्ण खेलमा पोर्चुगल ३–० ले विजयी भएको थियो । तर जारी खेलमा भने वेल्स बलियो फर्ममा देखिएको छ । वेल्सले लगातार तीन खेल जितेको छ । पोर्चुगलले भने दुई खेलमा जित हासिल गरेको छ ।
 
समग्रमा पोर्चुगल अनुभवी टिम भएकाले पनि लामो रेसमा दौडन सक्ने टिम हो । सधै भरि इतिहासले काम नगर्न सक्छ । त्यस अर्थमा वेल्सको खेल राति हेर्न लायक अवश्य हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ